किन आए रातारात सभामुख महरा दाङ



दाङ ६ असार ।  प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरा रातारात दाङ आउँनु भएको छ । गएराती करिब १० बजे सभामुख महरा दाङ आएको उहाँसचिवालयले श्रोतले जनाएको छ । सभामुख महरा सहित सचिवालयको सम्पूर्ण टोली पनि जिल्ला आएको प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो । टोलीमा प्रमुख स्वकीय सचिव सागर केसी, स्वकीय सचिव प्रमोद शर्मा, प्रेस सल्लाहकार डिल्ली मल्ल रहनु भएको छ । महरा जिल्ला स्थित मतदाता तथा जनता संगभेटघाट दाङ आएको प्रेस सल्लाहकार मल्लले जानकारी दिनुभयो ।

 

दुई दिन सम्म हुने दाङ बसाईका क्रममा सभामुख महराले दाङका बिभिन्न क्षेत्रमा पुगेर जनता संग छलफल गर्ने र आगामी आर्थिक बर्ष देखि गरिने जिल्लाको विकास निर्माणका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको स्वकीय सचिव प्रमोद शर्माले जानकारी दिनुभयो । यसै क्रममा सभामुख महराले बुधबार बिहान ७ बजे विभिन्न दलका पार्टी कार्यकर्ता संग भेटघाट , ८ बजे तुलसीपुर, १० बजे साबिक त्रिपुर, १२ बजे घोराही उपमहानरपालिकाका २ बजे बंगाचुली र बुेलका ४ बजे पछि सबै जनप्रतिनिधी तथा मतदाता संग भेटघाट गर्ने कार्यक्रम तय भएको स्वकीय सचिब शर्माले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्