प्रदेश ६

६ नम्बर प्रदेशको योजना र बजेट झ्यालबाट गयोः सांसद

By थाहा अनलाइन

June 20, 2018

सुर्खेत, ६ असार कर्णाली प्रदेश सरकारले असार १ गते ल्याएको आव ०७५÷०७६ को बजेट वितरणमुखी भएको आरोप प्रदेशसभा सदस्यले लगाएका छन ।

आइतबार प्रतिपक्षी दल नेपाली काँगे्रसको अवरोधपछि आज बसेको प्रदेशसभाको बैठकमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पूर्वाधार मुख्य विषय बनाए पनि बजेट त्यसअनुरुप आउन नसकेको आरोप लगाउँदै भने,“बजेट उत्पादन र निर्माणमुखी देखिएन, गहिरिएर हेर्दा वितरणमुखी नै छ, यसले कर्णालीको अपेक्षित विकास हुन सक्दैन ।”

सदस्य कुर्मराज शाहीले योजना झ्यालबाट जान नहुने कुरामा प्रदेश सरकारलाई सचेत गराए । सदस्यद्वय ठम्मर विष्ट र विन्दमान विष्टले सुर्खेतका बाढीपीडितको दयनीय अवस्था बुझेर पनि सरकारले बजेट नछुट्याउँदा उनीहरुको बाँच्ने अधिकार हनन भएको बताए ।

सदस्य पद्मा खड्काले प्रादेशिक निर्वाचन क्षेत्रका महत्वपूर्ण सडक आयोजना भनेर छुट्याइएको रु पाँच करोड बजेट सांसदले लिन थाले भनेर प्रचारमा आएकाले त्यसबारे प्रष्टता हुनुपर्छ भनिन ।