लखनपार्क निर्माण गर्न गुरु योजना तयार पारिने



जनक नेपाली
दाङ, ६ जेठ । लामो समय देखि अलपत्र रहेको घोराही स्थित लखनपार्क निर्माणको कामले तिव्रता पाउँने भएको छ ।घोराही उप–उपमहानरपालिका वडा नं. १४ ले पार्क निर्माणको कामलाई अगाडी बढाउन थालेको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । पार्क निर्माणका लागि गुरु योजना निर्माण समिति गठन गरिएको छ । दाङ उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष एवं ५ नं. प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा ६ सदस्य लखनपार्क गुरु योजना निर्माण समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली सदस्यहरुमा ऋषिराज शर्मा,दिलकुमारी बुढा श्याम सुवेदी र लोकराज पराजुली रहनु भएको छ ।

यही आर्थिक बर्षदेखि बृहत गुरु योजना निर्माण गरी पार्क निर्माणको काम अगाडी बढाउँने समितिका संयोजक हेमराज बन्जाडेले जानकारी दिनुभयो ।साउन देखिनै पार्कको दाँया बाँया र फोहरा निकाल्नका लागि खनिएको खाल्डो माटोले फिलिङ गर्ने पार्कको बाहिरी भागको दायाँबाँया ८ फिट ढालान सहित सल्याप राखेर गाडी पार्किङका व्यवस्था गर्ने संयोजक बन्जाडेले जानकारी दिनुभयो ।

 

करिव ११ क!ठ्ठ क्षेत्रफल रहेको पार्ककोे डिजाईन निर्माणका लागि काठमाण्डौ जाने तयारीमा समेत रहेको वताउँनुभयो । घोराही बजारको मुटुमा रहेको लखनपार्कको निर्माणका लागि सबैसंग सहकार्य बताउँनुभयो ।हाल पुराना संरचना भत्काएर छाडिएको पार्क अलपत्र अबस्थामा छ । पार्कको वरपर लगाईएको टाएल, क्यारिल समेत उठाएर राखिएको छ ।


गत बर्षको निर्वाचनमा पुर्व सभासद् राजु खनालको संसद् विकासकोष मार्फत पार्क निर्माणका लागि भन्दै ४० लाख रुपैयाँ बजेट बिनियोजना गरिएको पार्क निर्माण उपभोक्ता समितिका संयोजक दिलीप डि.सी.ले जानकारी दिनुभयो । उक्त बजेटबाट समितिले पार्कमा पानीको फोहरा निकाल्नका लागि दुई मिटर गहिरो फन्डिसन तयार पारेको समेत जानकारी दिननुभयो । पार्कका लागि फन्डिसनको वाल, डवल जालीको डलान गर्नेकाम पुरा भएको संयोजक डिसीको भनाई छ । पार्कको भौतिक संरचना निर्माणका लागि आएको ४० लाख मध्य १६ लाख मात्र खर्च भएको र बाँकी सबै रकम फ्रिज भएको संयोजक डिसीको भनाई छ । पार्क निर्माणका लागि प्राविधिकले डिजाईन नदिदा काम गर्न समस्या भएको उहाँले बताउँनुभयो । प्रविधिक त्रुटीका कारण लामो समय देखि पार्क निर्माणकले गति नलिएको वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्