नरेन्द्र मोदीको पार्टी सरकाबाट बाहिरीयो, भारतीय राजनीतिमा बदलाव आउने संकेत



नयाँदिल्ली, ६ असार
भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ ।

आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको छ ।

आतङ्कवाद र हिंसा अन्त्यका लागि पनि प्रभावकारी भूमिका सरकारले खेल्न नसकेको भाजपाका नेताहरूको भनाई छ ।

नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै भाजपाका वरिष्ठ नेता राम माधवले प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहसँगको परामर्शमै गठबन्धन तोडिएको जानकारी दिए ।

उनले भने, “आज त्यहाँ हिंसात्मक घटना र आतङ्कवादीहरू बढीरहेकै छन, त्यसतर्फ केही काम हुन सकेन ।”

नागरिकका आधारभूत अधिकारहरूको सुनिश्चितता नभएको र पाकिस्तानसँगको समस्या समाधान गर्न पनि नसकेकोले गठबन्धनमा बस्नुको औचित्य नरहेको उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्