काठमाडौं, ६ असार ।
प्रदेश १ स् छलफलसमेत भएन
प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले कार्यदलमा छन् । प्रदेश कार्यदलको औपचारिक बैठक पनि बस्न नसकेको सदस्य काफ्लेले बताए । केही दिनभित्रै बैठक बस्ने उनले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रदेश २ स् बैठक आज
प्रदेश २ को कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह छन् । अहिलेसम्म औपचारिक बैठक बस्न नसकेको यो प्रदेशमा बुधबारका लागि बैठक बोलाइएको विश्वनाथ साहले बताए ।
प्रदेश ३ स् नियमावली पर्खिंदै
अष्टलक्ष्मी शाक्य, अग्निप्रसाद सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेको प्रदेश ३ कार्यदलले भने औपचारिक बैठक गरिसकेको छ । तर, प्रदेशदेखि जिल्ला कमिटी सानो बनाउने निर्देशन केन्द्रबाट भएकाले सबैलाई समेट्न गाह्रो पर्ने हुँदा अगाडि बढ्न गाह्रो भएको अष्टलक्ष्मी शाक्यले बताइन् । पार्टीको विधान र नियमावली नबन्दा पनि अगाडि बढ्न समस्या भएको उनको भनाइ छ ।
प्रदेश ४ स् तथ्यांकसहित सुझाब लिँदै
किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी रहेको कार्यदलको पहिलो बैठक २३ जेठमै बसेको हो । बैठकले काम छिटो सकाउन किरण गुरुङलाई अध्यक्ष र हितराज पाण्डे सचिव बनाएर काम गरिरहेको छ । जिल्लाको काम सजिलो बनाउन हरेक जिल्लामा पाँच–पाँचजना हुने गरी जिल्ला कार्यदल बनाएर तथ्यांकसहित सुझाब लिइरहेको सदस्य हरि अधिकारीले बताए ।
प्रदेश ५ स् जनवर्गीय संगठनको तथ्यांक संकलन
प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन कार्यदलमा छन् । २५ असारमा बुटवलमा कार्यदलको पहिलो बैठक बसेको मणि थापाले बताए । तीनपटक बैठक बसिसकेको कार्यदलले जिल्लामा हुने विभिन्न कार्यक्रममा एउटै पार्टी भई समन्वय गरेर जान दिर्नेशन दिइसकेको छ । दुवै पार्टीका जनवर्गीय संगठन र सदस्यको तथ्यांक संकलन पनि गरिएको थापाले बताए ।
कर्णाली प्रदेश स् अनौपचारिक छलफलमै सीमित
प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा कार्यदलमा छन् । अनौपचारिक छलफल मात्र गरेको कार्यदलका सदस्य युवराज ज्ञावलीले बताए । ‘कार्यदलको पहिलो बैठक काठमाडौंमा बस्ने भन्ने थियो,’ ज्ञावलीले भने, ‘कार्यदलका सदस्य जनार्दन शर्मा चीन भ्रमणमा जानुभएकाले केही दिन ढिला हुने भयो ।’ नियमावली नहुँदा सांगठनिक रूपमा व्यवस्थापन गर्न कठिन भएको पनि उनको भनाइ छ ।
प्रदेश ७ स् औपचारिक बैठक बस्ने तयारीमै बिते दिन
प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी कार्यदलमा छन् । अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन नसकेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । केही दिनभित्रै कार्यदलको बैठक बस्ने उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।