३ सय स्थानको नतिजा आयो, एमाले र कांग्रेसबीच प्रतिस्पर्धा



असार २१


स्थानीय तहको दोस्रो चरणमा सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये ३०० स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । बिहान साढे ७ बजेसम्म आएको नतिजा अनुसार नेकपा एमाले अग्रता बढाउँदै लगको छ । एमाले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेको छ । एमालेले एक उपमहानगरसहित हालसम्म १ सय ३३ स्थानीय तहमा जित हासिल गरेको छ । नेपाली कांग्रेसले एमालेलाई पछ्याउँदै १ सय ११ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले ८ नगरपालिकासहित ३६ स्थानीय तहमा जित हासिल गरेको छ । अन्य दलहरुमा संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले ६, ६ स्थानमा जित हासिल गर्दा राप्रपाले एक उपमहानगरपालिकासहित ४ तथा राष्ट्रिय जनमोर्चाले दुई स्थानमा जित निकाल्दा दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्