प्यूठान, ६ असार । मंगलबार राति सरुमारानी गाउँपालिका २ रत्ने प्यूठानमा ट्रकले किचेर एकजनाको घटनास्थलमै ज्यान गएको छ। सोही गाउँपालिका १ दर्भान निवासी ६७ वर्षीय दलबहादुर सुनारको ज्यान गएको प्रहरीले जनाएको छ।राति घटना भएपनि बुधबार बिहान सात बजेमात्र प्रहरीले खबर पाएको प्यूठानका प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।
गाडीसहित चालक फरार रहेको प्रहरीले जनाएको छ।घटनाको प्रकृती अनुसार भालुवाङबाट प्यूठानतर्फ आउँदै गरेको ट्रकले किचेको हुनसक्ने प्रहरी प्रमुख पोख्रेलले जानकारी दिनु भएको छ।
आक्रोशित स्थानीयले दोषीलाई नियन्त्रणमा निलिँदासम्म सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन्।घटनाको छानबिनका लागि जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेको छ।फरार चालकको खोजि भइरहेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।