जिल्ला सभापतिहरुलाई कांग्रेसका ८ नेताको चिठी



काठमाण्डौ ६ असार,

नेपाली कांग्रेसका ८ केन्द्रीय सदस्यले सैद्धान्तिकर वैचारिक पुनर्व्याख्या, सांगठनिक पुनर्संरचना र नेतृत्व परिवर्तनका विषयमा गम्भीर छलफल गर्न र प्रदेश र स्थानीय तहमा अधिवेशनको माग गर्न भन्दै जिल्ला सभापतिहरुलाई आग्रह गरेका छन्।
चन्द्र भण्डारी, धनराज गुरुङ,गगनकुमार थापा,जीवन परियार,गुरूराज घिमिरे,प्रदिप पौडेल,रामकृष्ण यादव र किरण यादवले हेटौंटा भेलामा जम्मा भएका जिल्ला सभापतिहरुलाई सोमबार लेखेको चिठीमा यस्तो आग्रह छ।
पार्टी पुनर्निर्माणकोलागि कांग्रेसको सैद्धान्तिक र वैचारिक पुनर्व्याख्या आवश्यक रहेको पनि उनीहरुले पत्रमा लेखेका हुन्।
ुमहासमितिमार्फत नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र, समाजवादका सन्दर्भमा सामयीक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसंगको हाम्रो सम्बन्ध लगायतका विविध विषयमा शैद्दान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्छ,ु उनीहरुको पत्रमा उल्लेख छ,ुत्यसका लागि यो भेलाले ठोस बाटो देखाउनेछ भन्ने अपेक्षा लिएका छौं।ु
१६५ निर्वाचन क्षेत्र ३३० प्रादेशिक क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार भन्दा बढि वडा संरचना छन्। पार्टीलाई पनि तत्काल संघीय संरचनामा निर्माण गरि महाधिवेशन गर्नुपर्ने कुरा सभापतिहरुलाई आठ नेताले सम्झाएका छन्।
ुवडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्न आवश्यक छ,ु उनीहरुले जारी गरेको पत्रमा उल्लेख छ, ुमहासमितिबाट संघीय विधान पारित गरि स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब शुरु गरौं । कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं । ु
आफ्नो पार्टी अहिले अलमलिएको भन्दै दिशानिर्देश गर्न उनीहरुले सभापतिहरुलाई आग्रह गरेका छन्।
ुपार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रकृया अगाडि बढाउन जिल्ला सभापतिहरूको यस भेलाले महत्वपूर्ण बाटो देखाउन सकोस,ु उनीहरुले लेखेका छन्।
पचहत्तरै जिल्लाका कांग्रेस सभापतिहरूको भेला अहिले हेटौंडामा जारी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्