अमेरिकामा आप्रवासन नीतिमा कडाइ, १८ नेपाली पक्राउ परे



सैघाली खबर, ६ असार ।
अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा राखिएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

जेलमा राखिएकाहरुमा १८ नेपाली र ५२ जना भारतीय रहेको जनाइएको छ । यस अतिरिक्त पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई एक्ला एक्लै राखिएको छ ।

उनीहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरिएको सो संस्थाले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा रहेको वा गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा रहेको भन्दै शरणका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्