प्रवास

अमेरिकामा आप्रवासन नीतिमा कडाइ, १८ नेपाली पक्राउ परे

By थाहा अनलाइन

June 20, 2018

सैघाली खबर, ६ असार । अमेरिकामा कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियाली नागरिकलाई पक्राउ गरिएको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि उनीहरुलाई पक्राउ गरी ओरेगनको एक कारागारमा राखिएको अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

जेलमा राखिएकाहरुमा १८ नेपाली र ५२ जना भारतीय रहेको जनाइएको छ । यस अतिरिक्त पाँच चिनियाँ र ३० मध्य अफ्रिकी देशका नागरिकलाई नियन्त्रणमा लिइएको जनाइएको छ । एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई एक्ला एक्लै राखिएको छ ।

उनीहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरिएको सो संस्थाले जनाएको छ । पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा रहेको वा गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा रहेको भन्दै शरणका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए ।।