काठमाडौँ, ६ असार । नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलाई नियन्त्रणमा लिएको छ ।
पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । समितिले हाल उनको बयान लिइरहेको छ । पोदारको तस्करीमा संलग्नताबारे नखुलेपनि उनको संलग्नता भएको हुनसक्ने समितिको आशंका छ ।
समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् । एमके भन्ने मोहनकुमार अग्रवाल, बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी लगायत फरार रहेका छन् । समितिले उनीहरुको खोजी गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।