काठमाण्डौ ६ असार,
राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आगामी वैशाख ७ देखि ९ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ।
३ दिनसम्म निरन्तर बसेको राजनीतिक समितिको बैठकले यो निर्णय गरेको राजपा महासचिव केशव झाले जानकारी दिए।
‘पार्टी महाधिवेशन गर्न कम्तिमा ६र७ महिना लाग्ने रहेछ। फेरि बर्खा महिना पनि सुरु भएकाले महाधिवेशन आगामी वैशाखमा मात्र गर्ने निर्णय गरिएको हो,’ झाले बताउनु भयो।
राजपाले महाधिवेशनको लागि भन्दै पार्टीको विधाननै संशोधन गरेको छ।
यसैगरी, पार्टीले ३ सदस्यीय विधान परिमार्जन समिति बनाउने पनि निर्णय गरेको छ।
पार्टीको गत ४ गतेदेखि लगातार बसेको बैठकले यी निर्णय गरेको हो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।