नेपालको विकासमा साझेदार बन्न चीन तयार : राष्ट्रपति सी



सैघाली खबर, ६ असार ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा राष्ट्रपति शीले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताएका हुन् ।

बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिव ४५ मिनेट वान टु वान वार्ता भएको थियो । लगतै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् ।

साथै नेपालको भौगोलिक अखण्डतालाई अक्षुण राख्न चीनको साथ रहने बताएका छन् । दुई नेताबीच चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (ओबर) अन्तरगत अगाडि बढाइने विकासे परियोजना, दुई देशबीचको सम्वन्धबारे पनि छलफल भएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्