दाङ आएर सभामुखले के गर्दैछन्



दाङ ६ असार । संघिय संसदका सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीहरुबाट विकास थाल्न सुझाब दिएका छन । घोराही उपमहानगरपालिकाका प्रमुख सहित जनप्रतिनिधीहरु सँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन ।विपन्न बस्तीहरुका साना साना योजनाहरुलाई प्राथमिकता दिन सभामुख महराले सुझाब दिएका छन ।। अबको निति कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आबस्यक रहेको भन्दै उनले आम नगरबासीलाई विकासको अनुभुत हुने गरी काम गर्नु आग्रह गरे ।

 

नगरले सक्ने योजनाहरुलाई आबस्यकतामा आधारीत ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रिय सरकारले पूर्णता दिने उल्लेख गरे । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभामा निर्वाचित सभामुख महराले अब जनताको जिवनस्तर उकास्ने शैलीबाट विकास गरिने समेत आश्वासन दिए ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तराष्ट्रिय मापदण्डको विमान स्थल निर्माण र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रकृयालाई सहज ढंगले अघि बढाउन आग्रह गरे । त्यसैगरी, मुख्य सडक र नगर क्षेत्रका गाउँमा पर्ने खोलाहरुमा पुल निर्माण, रिहार देखी धर्ना सडकको ट्राक खोल्ने, चिडियाखाना निर्माण लगाएतका ठूला योजनालाई पूर्णता दिन ध्यानआकर्षण गराए  . सभामुख महरा स्थानीय सरकारले निती कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्बसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आएका हुन । बुधबार नै महराले बंगालाचुली गाउँपालिकामा पुगेर जनप्रतिनिधी र स्थानियहरु सँग विकासका बारेमा छलफल गरेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्