डुंगा डुब्दा १८० भन्दा बढी मानिस बेपत्ता



इण्डोनेसियाको सुमात्रा टापुमा रहेको तोवा तालमा डुंगा डुब्दा १८० भन्दा बढी मानिस हराइरहेका छन् । इदको बिदा मनाउन गएकाहरु दुर्घटनामा परेको बताइएको छ । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनाको समयमा मौसम बिग्रिएकाले धेरैजसो यात्रु जहाज भित्रै च्यापिएको विश्वास गरिएको छ । उद्धारकर्ताहरुले १८ जनालाई भने जिवितै उद्धार गरेको जनाएका छन् । इण्डोनेसियामा ४० प्रतिशत डुंगा दुर्घटना मानवीय त्रुटीका कारण र १२ प्रतिशत खराब मौसमका कारण हुने गरेको तथ्यांक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्