दाङ र कर्णाली प्रदेश बिच यस्तो हुदै



 

दिपक बोहरा
दाङ ७ असार ।दाङको समृद्धिको एउटा मियो मानिएको तुलसीपुर–सुर्खेत सडक खण्ड निर्माणको कार्यलाई तिब्रता दिईएको छ । सडक निर्माण पुरा भएसंगै अब सुर्खेतबाट काठमाण्डौ जाने याुत्रहरु तुलसीपुर, घोराही हुँदेै जानेछन्, यसले दाङको विकासलाई टेवा पु¥र्याउँने स्थानीयहरुले वताएका छन ।

दुईबर्ष भित्र तुलसीपुर–सुर्खेत सडक खण्ड कालोपत्रे भईसक्ने ठेक्का पाएको निर्माण कम्पनीले बताएको छ । उक्त अवधिमा कालोपत्र गर्न मध्यपश्चिम सडक डिभिजन कार्यालयले कालिका जेभी प्यासिफिक कन्ट्रक्सनलाई जिम्मा दिएको छ ।

३ वर्षभित्र दाङको तुलसीपुरदेखि सल्यान र सुर्खेत सिमाना काल्चेसम्मको ६२ किलोमिटर सडक कालोपत्र गर्न ३३ करोड रुपैयाँमा कम्पनीसँग सम्झौता भएको हो । उक्त सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको डिभिजन कार्यालयले बताएको छ । तुलसीपुर–सुर्खेत सडकखण्डको लम्बाइ ७७ किमी छ । तर, सडक डिभिजन कार्यालय दाङले ६२ किमी काम गर्ने र बाँकी १५ किमीको काम सुर्खेत सडक डिभिजन कार्यालयले गर्नेछ । अहिले पुरन्धारा–तुलसीपुर देखि सुर्खेतको बोटे चौरसम्मको सडक स्तरोन्नतिको कामपनि तिवैता दिएको छ ।

सडक स्तरवृद्धि तथा कालोपत्र गर्न सरकारले ४० करोड बजेट विनियोजन गरेको छ । डिभिजन कार्यालयका अनुसार सडक १० मिटर चौडाइको बनाउन थालिएको छ । दाङका डिभिजन प्रमुख बद्रीप्रसाद शर्माका अनुसार काम शुरू भएको ४ महीनामा ५ किमी सडक चौडा गरिएको छ । सडकका छेउमा पर्खाल लगाउने काम भइरहेको र सडकको साढे ५ मिटर चौडाइमा कालोपत्र गरिने शर्माले बताए । दायाँरबायाँ १५÷१५ मिटरको मोहडा हुने व्यवस्था रहे पनि वनका रूख काट्नुपर्ने भएकाले केही समस्या भएको उनको भनाइ छ । ‘रूख काट्नका लागि सडकको दायाँबायाँ भएका रूखको लगत लिई विभागमा पठाइसकेका छौं,’ उनले भने, ‘अनुमति आउन ढिलाइ भएको छ ।’ तुलसीुर–पुरन्धारा देखि सुर्खेतको बोटेचौर जोड्ने सडक निर्माण थालिएको हो ।

 

तुलसीपुरबाट अमेलिया हुँदै सुर्खेत पुग्न १ सय ८८ किमी पर्छ । तर, सुर्खेत–तुलसीपुर खण्ड सञ्चालन आएपछि अहिलेभन्दा करीब ७० किमी छोटो दूरी पर्ने कार्यालयले बताएको छ । सडक कालोपत्र भएपछि दाङको तुलसीपुरदेखि सुर्खेतसम्म सवारीसाधन सञ्चालनमा सहजता हुनेछ । ठेकेदार कम्पनीका सुपरभाइजर सञ्जीव श्रेष्ठले गत असारमा टेण्डर परे पनि पुसदेखि काम शुरू गरेको बताए । उनले झण्डै ४ किमीको काम सम्पन्न गरिसकेको जानकारी गराए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले पूर्वाधार निर्माणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरे । सुर्खेत–दाङ सडक निर्माणले यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्