दाङ ६ असार । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा वलीको चीन भ्रमणले दुई देश विचको सम्वन्ध बलियो हुने वताउँनु भएको छ ।रिपोर्टस् क्लब दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा केसीले ‘प्रधामन्त्रीको चीन भ्रमण सफल हुने बताउँनुभयो ।आर्थिक बर्षको बजेट परम्परागत ढंगबाट आएको बारेमा नराम्रा टिका टिप्पनी गर्ने गरेको भएपनि उक्त बजेटले तीन बर्षमा सकारात्मक प्रभाब पार्ने बताउँनुभयो ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद केसीले पश्चिम दाङको विकासमा आफु कटिवद्ध रहेको बताउँनुभयो दाङमा अन्तराष्ट्रिय विमान निर्माण गर्नुपर्ने बताउँदै तुलसीपुरको विमानस्थल नियमित गर्नुपर्ने वताउँनुयो । कार्यक्रमको सहजिकरण सचिव विमल गौतमले गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।