गोरखा स्कुलमा एनसिसिको प्रथम प्रवचन



गोविन्द खड्का
घोराही ७ असार
गोरखा ईन्टरनेश्नल पब्लिक मावि घोराहीमा राष्ट्रिय सेवा दल तालिमको प्रथम प्रवचन बुधवार सम्पन्न भएको छ । रिपुमर्दन गण घोराहीका गणपति कर्णेल राजन बुढाथोकिले गर्नूभएको थियो ।
नेपाली सेना द्धारा सन्चालीत राष्ट्रिय सेवा सि सं ४५ औ व्याचको लागि ३६ छात्र छात्रा सहभागि हुदैछन् । अनुशासन र नेतृत्वको विकास गर्नु सेवा दलको उद्देश्य रहेको कार्यक्रमका प्रमुख अतिथि गणपति सेनानी बुढाथोकिले बताउनुभयो । नेपाली सेनाका अनुसार जम्मा एक सय दिनको तालिम सन्चालीत हुनेछ । जसअनुसार ७९ दिन विद्यालयमा र बा“कि २१ दिन सम्भवत नवलपरासीको हात्तिखोरमा हुने छ ।
विद्यालयका प्रिन्सिीपल मानसिं घर्तिमगरको अध्यक्षतामा भएको श्री राष्ट्रिय सेवादलद्धारा सन्चालित सि सं ४५ औ व्याच एन सिसि जुनियर डिभिजन गोरखा ईन्टरनेश्नल पव्लिक मावि घोराहीको प्रथम प्रवचन कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य उत्तमराज घिमिरेले गर्नुभएको थियो । सहजिकरण शिक्षक बसन्त पुनले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्