असार ७ बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणका लागि मंगलबार बेइजिङ पुगेकाछन् । करिब ९ सय मेगावाट उत्पादन क्षमताका चार जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्रिने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।
चिनियाँ र नेपाली सरकारी तथा निजी क्षेत्रबीच सिमेन्ट र फलफूल उद्योग स्थापना तथा सिँचाइ परियोजनाका थप चार सम्झौतामा हस्ताक्षर भएको छ ।
चिनियाँ कम्पनी र बुटवल पावर कम्पनीबीच माथिल्लो मस्र्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ ।
चिनियाँ कम्पनीले ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी परियोजनामा समेत लगानी गर्ने भएको छ । उक्त आयोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र तोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कम्पनीबीच सम्झौता भएको छ ।
नुवाकोट र धादिङको सीमामा निर्माण हुने आयोजनामा १० अर्ब २९ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्नेछ । निर्माण सम्पन्न भएको एक वर्षभित्र प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकको सहकार्यमा चिनियाँ कम्पनीलाई ऋण तिर्नेछ । आयोजनाको कुल लागत १४ अर्ब ७० करोड रुपैयाँ छ । बाँकी लगानी नेपाली कम्पनीले गर्नेछ ।
चिनियाँ कम्पनीले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ । सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सु काङले हस्ताक्षर गरेका छन् । यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ ।
नेपाली पस्मिनालाई चिनियाँ बजारमा विस्तार गर्न २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाली पस्मिना व्यवसायी दुर्गाविक्रम थापा र चिनियाँ अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याले हस्ताक्षर गरेका छन् ।
चीन सरकारले पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्ने भएको छ । पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न बनाउन लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ तोङछानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
‘चिनियाँ लगानीका लागि उपयुक्त वातावरण’
प्रधानमन्त्री केपी ओलीले बुधबार मध्याह्न बेइजिङमा आयोजित नेपाल चीन वाणिज्य मञ्चलाई सम्बोधन गर्दै अहिले नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । मञ्चमा नेपाल र चीनका निजी तथा सरकारी क्षेत्रका तीन सय प्रतिनिधि सहभागी थिए ।
१। माथिल्लो मस्र्याङ्दी–२ आयोजना ९६०० मेगावाट० निर्माण
२। कालीगण्डकी गर्ज आयोजना ९१६४ मेगावाट० निर्माण
३। त्रिशूली–गल्छी आयोजना ९७५ मेगावाट० निर्माण
४। सिउरी न्यादी जलविद्युत् आयोजना ९४०।२७ मेगावाट० निर्माण
५। दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
६। फलफूल प्रशोधन उद्योग स्थापना
७। नेपाली पस्मिना खरिद
८। पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग
९। रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण
रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण
यसैबीच नेपाल र चीनबीच ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । रसुवागढी९केरुङ नाकामा दुवैतर्फ यसअघि नै प्रसारण लाइन निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ ।
धादिङको गल्छीदेखि केरुङसम्म प्रसारण लाइन निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन गरिसकिएको र हाल अन्तिम सर्वेक्षणको काम भइरहेको छ । रसुवागढी, केरुङ, गल्छी, रसुवागढी ४०० केभी प्रसारण लाइन बनाउन चिनियाँ पक्ष र प्राधिकरणबीच विगतदेखि नै संयुक्त रूपमा काम भइरहेको छ । रसुवागढीदेखि गल्छीसम्मको दूरी ८० किलोमिटर छ, चीनतर्फ पनि गेरुङ काउन्टीमा निर्माण हुने सबस्टेशनको दूरी नेपाल९चीन सीमादेखि करिब ८० किलोमिटर छ । चिनियाँ कम्पनीहरूले एकपछि अर्को गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाइरहेका बेला सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।