पहिलो नजरले पागल बनायो : एन्जिला (भिडियो)



सैघाली खबर, ७ असार ।
गायिका एन्जिला गौचनले नयाँ गिति एल्वम ‘एञ्जिला’ बजारमा ल्याएकि छिन् । लामो समयको अन्तरालपछि सांगेतिक क्षेत्रमा फर्किएकि एञ्जिलाले आफ्नो नयाँ एल्वम ‘एञ्जिला’ बजारमा ल्याएकि हुन् ।

एल्वमा सातवटा गित समावेश गरिएको छ । एल्वम बजारमा आएसंगै दर्शक तथा श्रोताहरुको प्रतिक्रिया पनि राम्रो पाएको गायिका एञ्जिला बताउछिन् । उनि भन्छिन्, ‘एल्वममा नेपाली पप, हिपप, लोक विट लगाएत सबै किसिमका गितहरु समावेश गरिएको छ, गित रिलिज भएपछि सोचेको भन्दा राम्रो प्रतिक्रिया पाईरहेकि छु ।’

साथै ‘एञ्जिला’ एल्वममा समावेस ‘त्यो पहिलो नजर’ बोलको गितको भिडियो पनि निमार्ण भईसकेको छ । भिडियोमा मोडल तथा डाईरेक्टर पासाङ योञ्जन लामा र आँचल शर्माको अभिनय देख्न सकिन्छ । ‘एञ्जिला’  उनको दोस्रो एल्वम हो । यसका साथै उनले केहि बर्ष पहिले मात्रै थकाली भाषाको गिति एल्वम बजारमा ल्याएकि थिईन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्