सैघाली खबर, ७ असार ।
पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनित नयाँ चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ असार ८ गते शुक्रबार (भोलि) देखि रिलिज हुदै छ । चलचित्रमा मलिनासंगै ‘रानी’ डेव्यु नायक मनिष सुन्दर श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् ।
‘ऋतु’ चलचित्रबाट डेव्यु गरेकी मलिनाले अहिलेसम्म अभिनय गरेका कुनै पनि चलचित्र सफल हुन सकेका छैनन् । संयोग, ‘रानी’ चलचित्रमा संगै काम गरेका सुन्दर र मलिनाको उक्त फिल्म पनि सफल हुन सकेको थिएन । ‘तिमि हुन्छौ जहाँ जहाँ’ सफल भएको खण्डमा यो दुबैको लागि पहिलो हिट चलचित्र हुने छ ।
निर्माण पक्षले भने चलचित्र रिलिजको पूर्व सन्ध्यामा पत्रकार सम्मेल गर्दै निकै मेहेनतका साथ चलचित्र निर्माण गरेको भन्दै चलचित्र सफल हुनेमा आफुहरु आशावादी भएको बताएका छन् । यस्तै हिटको तिर्खा मेट्ने कोसिसमा रहेका मनिष र मलिनाको प्यास ‘तिमि हुन्छौ जहाँ जहाँ’ रिलिज पश्चात मात्रै थाह हुनेछ । चलचित्रको लेखन तथा निर्देशन बिकास बस्याले गरेका हुन् ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।