काठमाण्डौ ८ असार,
सिजन इन्टरटेन्मेनट प्रा।लि द्धारा पहिलोचोटी काठमाडौं लगायत देशै भरि कलेजमा अध्ययनरत १७ वर्ष देखि २४ वर्ष सम्मका युवाहरुलाई लक्षित गरि “कलेज हेन्डसम” नामक कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा २५ दिनको तालिम दिइने छ
कलेज स्तरका युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिपराज वन्त वताउनु हुन्छ ।
कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स,मिडिया सम्वन्धी जानकारी ,ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने ,रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने छ । जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुनेमा हामि विश्वस्थ छौ ।
प्रतियोगिताका विजेताले र्“ कलेज हेन्डसम ” कोे उपाधि सहित उच्च शिक्षाको लागि छात्रावृत्ति ,उत्कृष्ट तिन विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने छ भने अन्य विभिन्न गिफ्टहयाम्पर पाउने छन । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।