एकै ठाँउका चौधरी र गिरी मृत अवस्थामा फेला, घटना भने फरक



दाङ ८ असार।
दाङमा एकै दिन एकै ठाँउका दुई जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानरपालीका ११ सुकौरा निवासी ५६ बर्षिय शिव प्रसाद चौधरीको खोलामा डुवेर ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुर जानकारी दिएको छ । चौधरी बिहिवार दिउँसो माछा मार्न भनि घरबाट निस्किएका थिए । यसैबिच सोहि ठाँउ निवासी ७ बर्षिय बालक सुभम गिरी पनिसलमा झुण्डीएको अबस्थामा फेला परेका छन् । गिरीले घाँटिमा सल बेरेर आत्महत्या गरेको आशंका हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको ईप्रका तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताएका छन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्