मुख्य समाचार

माओवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगायो

By थाहा अनलाइन

July 05, 2017

दाङ, २१  असार सत्तारूढ दल नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने पार्टीका सांसदहरूको नाम टुंगो लगाएको छ। माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम टुंगो लगाएको छ भने उनीहरू मध्ये दुई जनाको मात्रै मन्त्रालयको टुंगो लागेको छ। एक जना मन्त्रीको नाम भने अझै टुंगो लगाएको छैन। माओवादीले अझै सात जना मन्त्री

बनाउन पर्ने माग राखेको छ।

मन्त्रीको सपथका लागि तयार रहन भने पनि माओवादीले औंपचारिक रूपमा भने टुंगो लगाएको छैन। पार्टीबाट सरकारमा कसलाई पठाउने भनेर टुंगो लगाउन बाँकी रहेको माओवादी प्रवक्ता पम्फा भुसालले सेतोपाटीलाई बताइन्। आफ्नो पार्टीले कम्तिमा ६ र बढीमा ७ जना मन्त्री पाउनुपर्ने भुसालले बताइन्। कांग्रेसले टुंगो लगाउना साथ पार्टीले पनि टुंगो लगाउने उनले बताइन्। यसअघि माओवादीका तीन मन्त्री भइसकेका छन्।

माओवादीबाट मन्त्री हुनेमा महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ,शिबकुमार मण्डल, टेकबहादुर बस्नेत र आशा कोइराला रहेको माओवादीका एक नेताले जानकारी दिए। एक जना मन्त्रीको नाम टुङ्गो लागेको छैन।

शाहीलाई ऊर्जा र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। अन्य मन्त्रालय पनि टुंगो लाग्न बाँकी छ।

माओवादीबाट मन्त्री बन्न लागेका शाही कालिकोट, बस्नेत सल्यान (१, श्रेष्ठ रामेछाप २ र मण्डल मोरङ( ४ बाट निर्वाचित भएका हुन्।