लत्रिएको तारबाट करेन्ट लागेर वृद्धको ज्यान गयो



सैघाली खबर, ८ असार ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

स्थानीयले किसान जागरण समूह गुन्सीको लापरबाहीका कारण घटना घटेको आरोप लगाएका छन् । बिजुलीको पोल ढलेर विद्युत्तीय तार लत्रिँदासमेत स्थानीय सरकार र किसान जागरण बेखबर बनेको भन्दै उनीहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्