बुहारीले गरीन सासुआमाको घाँटी थिचेर हत्या



 

घोराही
८असार । दाङमा एकजना बुहारीले आफ्नै सासु आमाको हत्या गरेको प्रहरीले जनाएको छ
। घोराही उपमहानगरपालिका वडा नं। ८ सेवार निवासी ३२ बर्षीया लालसरी बुढाले आफ्नी ५६ बर्षीया सासु आमा दिलकुमारी बुढाको घाँटी थिचेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

 

लालसरीले सासु दिलकुमारीको घाँटी थिचेर हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरु छुट्टी भिन्दै बस्दै आएको भएपनि घर आमने सामने थिए ।

प्रहरीका अनुसार सासु बुहारीको विचमा विगत एक वर्षदेखि बालेचाल थिएन । लासरीका पति राजविराजमा बस्दै आएको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्