असार ८ काठमाडौं ।नेपाली कांग्रेसका सांसद गगन थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना थन्काएको गुनासो गरेका छन्।
आफू सरकारका भएका बेला अध्ययन गरेर तयार गरिएको प्रतिवेदन समेत लत्याइएको थापाले टिप्पणी गरे।
स्वास्थ्य मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा थापाले सेवाका आधार छाडेर पुनस् बेडका आधारमा पहिचान बनाउन निर्माण गर्न लागिएकोप्रति आपत्ति जनाए।
‘पाँच लाखमा २४ घण्टा आकस्मिकसहित प्रशूति, बालरोग, जनरल फिसिजयनको काम राख्दा ३० करोड लाग्ने हिसाब गरि कार्यविधि बनाएर, हेरेर, छाडेर आएको’, पूर्व स्वास्थ्य मन्त्री थापाले भने, ‘काम चटक्क छाडेर घुम्ती अस्पताल बनाउने भनेर भनिएको छ।ु’
उनले पाकिस्तानले स्वास्थ्यको जिम्मेवारी तल्लो तहलाई दिएर फेरि काम गर्न नसकेर फिर्ता लिएको उदाहरण दिँदै भने, ‘हामीले पनि स्वास्थ्यको जिम्मेवारी तल्लो तहमा दिएका छौँ। तर अरु जस्तो सजिलो छैन। जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण छ।’
उनले स्वास्थ्य ऐन र प्रजनन स्वास्थ्य सम्बन्धि ऐनको काम अगाडि नबढाएको भन्दै सरकारको आलोचना गरे।
त्यस्तै बिमा कार्यक्रमको पनि संरचना तयार गर्ने तथा कार्यविधि बनाउने काम नभएको प्रति आपत्ति जनाए।
७ वर्षका लागि पारित एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अगाडि नबढाइएकोमा उनले आपत्ति जनाए।
उनले भारतका औषधी उत्पादकसँग सिधै औषधी खरिद गर्दा १४ देखि १५ सय प्रतिशत कम पर्ने देखिएको उल्लेख गर्दै रोकिएको प्रति आपत्ति जनाए।
‘नीतिगत कामलाई अलग्गै गरेर शून्यबाट प्रारम्भ भएको छ’, थापाले भने, ुपरिणाम आउँदैन।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।