रबि लामिछाने विबाद प्रसंगः को को सेलिब्रेटी छन त उनको पक्षमा ?



‘न्यज ट्वान्टि फोर’ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर लोकप्रिय बनेका प्रस्तोता रबि लामिछाने अमेरिकी नागरिक हुन भन्दै कही मान्छेहरु उनको विरुद्धमा लागेपछि उनको सरक्षणकोलागि सामाजिक अभियान्ताहरुले उनलाई साथ दिएका छन । एकाएक आलोचित बनेपछि उनको समर्थनमा सामाजिक अभियान्ता र कलाकारहरुले समेत आफूहरु उनको साथमा रहेको भन्दै आफ्नो कर्ममा डटेर लाग्न हौसला दिएका छन ।

उनलाई हौसला दिनेगरि कसले के भने त ?

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस), कलाकार दिपकराज गिरी, अभिनेत्री स्वेता खड्का, पत्रकार प्रेम बानिया लगायतले सामाजिक सञ्जाल मार्फत नै रवि लामिछानेको समर्थन गर्दै उनलाई हौसला बढाउन लागेका छन ।

धुर्मुसले लामिछानेसँगको तस्बिर शेयर गर्दै लेखेका छन् “तिमी त्यो ज्योति हौ, अध्यारोमा प्रकाश् छर्न सक्छौं, तिमी त्यो साहस हौ, लाखौं चट्टान पनि तोडन सक्छौ, तिमी त्यो न्यायमूर्ती हौ, हजारौं चेलीको आंशु पुछन सक्छौ, न्याय नपाएकाहरुको वेदना बुझ्न सक्छौ चोर, फटाहा र घुसखोरीहरुको रामलिला समाप्त पार्न सक्छौ, अब अझै तिम्रो यात्रा दरिलो बन्दै जान्छ, र जानुपछ रबि दाइ”

त्यस्तै कलाकार दिपकराज गिरीले लेखेका छन,“सामान्य नागरिक जस्को कहँी पहँुच छैन केहि अप्ठेरो पर्यो भने रबि लामिछानेलाई भेट्न पाए हुन्थ्यो भनेको सुनेको छु, केहि भए पनि नभए पनि भरोसा त छ ।”

अभिनेत्री स्वेता खड्काले पनि लामिछानेको समर्थन गर्दै विश्वकपसँग जोडेर सामाजिक सञ्जालमा लेखेकी छन, “यो बेला रबी लामिछानेको विरुद्धमा बोल्नु र अर्जेन्टिना हार्छ भनि अनुमान लगाउनु दुवै अरिंगालको गोलामा ढुंगा हान्नु बराबर ।”

पत्रकार प्रेम बानियाले पनि लामिछानेको समर्थन गर्दै लेखेका छन, “एउटा उल्कापात, एउटा बज्र वा एउटा सकारात्मक बिध्वंश, रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईं जुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि (मात्र केही समयको लागि) विदेसिएको पात्र हुँ म । आज रबि जी त्यही स्टुडियोबाट बोलिरहेका छन जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हुँ म । आज रबि जी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो म जस्ता धेरै धेरैलाई देश छोड्न बाध्य पारेका छन, कति कतिको के के समाप्त पारेका छन भनिसाध्य छैन र यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ । यो एक प्रकारको ‘ओपनसेक्रेट’ हो । उनीहरु भनिरहेका छन, रबिले वर्कपर्मिट लिएन, यसो गर्यो, त्यसो गर्यो, जेल हाल्नु पर्छ आदि आदि । तर, बिचराहरुलाई के थाहा रबि जी ले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’ को खेती गरिरहेका छन । आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन ?’

‘हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबि जी, कुनै पनि समय, जीवनको कुनैपनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हम्मेशा म तयार छु अब त हामी झन तयार भएका छौं विश्वभरीबाट ।”

त्यस्तै चर्चित हास्य कलाकार मनोज गजुरेलले पनि लामिछानेको अभियान लाखौं जनताद्धारा अनुमोदित अभियान भएको बताएका छन । उनले लेखेका छन, “रवि लामिछानेको ‘बिद्रोहकारिता’ लाखौं जनताद्वारा अनुमोदित अभियान हो । उनिमाथी उठेका प्रश्न प्रकृयागत भए सम्बोधन हुनुपर्छ, नियतबस उठाएका हुन भने यो सुचनाक्रान्ति दबाउन असम्भव छ । सुशासन र सदाचारका लागि ‘सिधा कुरा’ले राज्यलाई कमजोर हैन, झन जिम्मेवार र बलियो बनाउनेछ । म तपाईंको उर्जालाई समर्थन गर्छु जि ।”

लमिछानेद्धारा आरोपको खण्डन

रबिले भने आफूले अमेरिकी पासपोर्ट अमेरिकी सरकारलाई बुझाई सकेको प्रतिक्रिया दिएका छन । आफुले पासपोर्ट नेपालस्थित अमेरिकी दुतावासलाई बुझाएको बताउँदै उनले भनेका छन्, “झुट र भ्रमको खेती गर्न छाडौं । यथार्तमा के हो त्यो बुझ्ने प्रयास गरौं ।”

तर अध्यागमन विभागले भने लामिछाने नेपाली नातेदार भएको जनाएको छ । विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा लामिछानेलाई सन २०१८ अक्टोबर ४ सम्म (गैर पर्यटक) नातेदार भिषामा नेपाल बस्न अनुमति दिइएको छ ।

विभागले सोही पत्रमा लामिछाने अमेरिकी नागरिक भएकाले नेपालमा नातेदार भिषामा रहेको र अध्यागमन नियमावली २०५१ को दफा २० को ९१० अनुसार कुनै पनि देशको नागरिकले नातेदार भिसामा रहँदा पारिश्रमिक लिएर वा नलिएर कुनै पनि उद्योग, व्यापार, व्यावसाय वा संस्थामा काम गर्न पाउँदैनन भन्ने स्पष्ट लेखेको छ ।

अमेरिकी नागरिक भएको आरोप लागेका लामिछानेको समर्थनमा सामाजिक अभियान्ता र कलाकार तथा पत्रकारहरु एकजुट भएका छन । अमेरिकी नागरिक भएकोले श्रम इजाजत नलिई काम गरेको तथा व्यक्तिको घर तथा कार्यालयमा जवर्जस्ति प्रवेश गर्ने गरेको पनि आरोप लागेको छ ।
यो आदेश प्रमाणित भएमा उनलाई अब बन्ने कानुनको आधारमा ३ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । यही तथ्यलाई आधार मानेर अध्यागमन विभाग, सूचना विभाग तथा गृह र सञ्चार मन्त्रालयबीच भएको पत्राचारको व्यहोराको आधारमा विजपाटी डटकमले पनि समाचार लेखेको थियो । lekalikhabar

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्