घोराही उपमहानगरपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक



दाङ, असार ९ । दाङकाे घोराही उपमहानगरपालिकाले अार्थिक वर्ष  ०७५/७६ को नति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।उपमहानगरपालिका प्रमुख नरुलाल चौधरलिे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

सडक सञ्जाललाई प्राथमिकतामा राख्दै प्रत्येक वडालाई जोड्ने चक्रपथ निर्माणको योजनालाई महत्वका साथ उठाएको छ । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रमुख नदीहरुको दाँया बाँया करिडोर र घोराही तुलसीपुर सडकखण्डको उत्तर दक्षिणका क्षेत्र जोड्न सडक निर्माण गरी सबै टोलबस्तीलाई यातायात सञ्जालले जोड्ने नीति लिएको जानकारी दिनुभयो ।

आर्थिक संवाहकहरु कृषि, उद्योग, पर्यटन, व्यापार, वित्त तथा सहकारीलगायतका क्षेत्रलाई चलायमान बनाउने परिकल्पना गरेर सडक निर्माणलाई सर्वोपरि प्राथमिकता दिइएको चौधरीले जानकारी दिनुभयो । आध्यात्मिक आश्था, पवित्रता र विश्वास बोकेको बबई नदीलाई निर्मल, पवित्र र बाह्रै महिना भरपुर जल प्रवाह भइरहने अवस्थामा विकास गर्न तथा बबई करिडोर संरचना निर्माण गर्ने नीति लिएको प्रमुख चौधरीले जानकारी दिनुभयो । बबईको सौन्दर्यीकरणका लागि तुलसीपुर उपमहानगरपालिकासँग सहकार्य गरी आगामी आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने भन्दै उपमहानगरपालिका प्रमुख चौधरीले यसबाट बबई सभ्यताको आधारशीला तयार हुने बताउनुभयो ।

कृषि क्षेत्रमा सिंचाईको पहुँच बढाउन कटुवाखोला र गुर्जेखोलामा ड्याम निर्माणका लागि बिस्तृत आयोजना प्रतिबेदन तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सिचाईको सुविधा नभएका कृषि क्षेत्रहरुमा डिप बोरिङ्गको व्यवस्था गरी सिचाई सुविधा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्