५ वर्ष पछि फरार अभियुक्त पक्राउ



असार २१ , दाङ । जिल्ला प्रहरी कार्यालय दाङले कर्तव्य ज्यान फरार अभियुक्त लाई ५ वर्ष पछि पक्राउ गरेको छ । २०६८ साल माघ २ गते घोराही उप–महानगरपालिका ३ भानपुरका खेमराज सुवेदको हत्या गरी फरार रहेका घोराही उप– महानगरपालिका ३ गोग्लीका २६ वर्षिय सुनिल चौधरी लाई प्रहरीको विशेष टोलीले घोराहीमा लुकिछिपी वसीरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । अभियुक्त चौधरी लाई २०७३ साल असार २८ गतको सर्वोच्चको फैसला अनुसार १० वर्ष कैद सजाए तोकिए पनि अभियुक्त चौधरी हाल सम्म फरार रहेको थिए । प्रहरीको खोजतलासी गर्दै घोराही वाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्