जन प्रतिनिधि द्वारा सपथ तथा पदभार ग्रहण



असार १२ । घोराही उप–महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुले बुधवार सपथ तथा पदभार ग्रहण गरेका छन । घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी , उप–मेयर सीता सिग्देल न्यौपाने र १९ वडाका वडा अध्यक्षहरु वुधवार एक कार्यक्रमका विच सपथ तथा पदभार ग्रहण गरेका छन । मूख्य निर्वाचन अधिकृत चुडामणि खड्काको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा नवनिर्वाचित मेयर र उप–मेयर सहित वडा अध्यक्ष तथा सदस्यहरुले देश र जनताको नाममा सधै निष्ठावान रही काम गर्ने प्रतिवद्धता जनाएका छन । सपथ ग्रहण गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरुले देश र जनताको नाममा कसम खादै जनताको अधिकार र सेवाका लागि बफार रही काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


सपथ तथा पदभार ग्रहण नव निर्वाचित घोराही उप–महानगरपालिका मेयर नरुलाल चौधरीले जनता आफैले जनताको शासन र अधिकारका लागि अमुल्य मतदान गरी जनप्रतिनिधिका रुपमा निर्वाचित गरेका वताउदै जनता पति कहिले छल र अविश्वास काम नगर्ने प्रतिवद्धता जाहेर गरे । उनले भने ‘ जनताको कहिले छल गर्ने छैनौ । ’ जनताकै सेवा र अधिकार लागि काम गर्ने छौ । मेयर चौधरी भने मुलुक र जनता प्रति बफादार रही सत्य निष्ठा पुर्वक प्रतिज्ञा रही नेपालको संविधान निहित गरी जनताको सेवा र अधिकार लई विधि र विधान भित्रै रही काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने ‘म जनताको जनप्रतिनिधिहरुका रुपमा घोराही उप–महानगरपालिकाको जिम्मेवारी वोकेको छु । जनता लाई अपनत्व हुने गरी जनताको विकास र सेवामा लाग्ने छु । जनताको भोट र जनताको कसम खादै भन्छु ‘ जनता माथि कहिले छल गर्ने छैन ।
अवको ५ वर्ष भित्रमा घोराही उप–महानगरपालिका लाई समृद्धि नगरको रुपमा विकास गरी , जातिय तथा विकासका रुपमा पछि परीरहेका जाती र क्षेत्रको विकास लागि आफुले सक्ने जतिको विकास गरी घोराही नगर लाई विकास नयाँ उचाईमा पु¥याउने छु । उनले भने ‘ शिक्षा , स्वास्थ्य ,रोजगार , उद्योग , खानेपानी , कृर्षिको आधुनिकीकरण संगै दाङ लाई कृर्षिमा आत्मनिर्भर वनाई आर्थिक शशक्तीकरण तर्फ उन्मुख वनाउने मेरो पहिलोृ लक्ष्य हो । त्यसमा जनताहरुको साथ र सहयोगका अपेक्षा गरेको छु । उनले भने ‘ यो जिम्मेवारी जनता आफैले दिनुभएको हो । म ‘ तपाईहरुको कसम खाएर भन्दैछु । ‘ तपाईहरु अर्थात जनता प्रति कहिले कुठाराघात गर्ने छैन ।
पहिलो वैठक सम्पन्न

घोराही उप–महानगरपालिकाले वुधवार नै आफ्नो पहिलो वैठक सम्पन्न गरेका छ । नवनिर्वाचित मेयर ,उप–मेयर सहिति वडाअध्यक्षहरु सहितको घोराही उप–महानगरपालिकाको पहिलो वैठक सम्पन्न भएको हो । मेयर नरुलाल चौधरीको अध्यक्षमा सम्पन्न वैठकले तत्कालले पुरा गर्ने गरी विभिन्न ५ वटा निर्णय गरेको छ । जसमा ८४ वर्ष माथिका वृद्धवृद्धाहरु लाई आधार स्वास्थ्य सेवा टोलटोलमा पु¥याई उनीहरुको स्वास्थ्य सेवा दिलाउने निर्णय गरेके छ । गरिवीका वा अन्य कारणले गर्दा वृद्धवृद्धाहरु स्वास्थ्य सेवा वाट वञ्चित रहेकाले वृद्धवृद्धाहरुको स्वास्थ्य सेवाका लागि १०० दिने भित्रै काम सुरु गर्ने यो योजना अघि सारिएको वैठक पछि मेयर नरुलाल चौधरी जानकारी दिए । त्यस्तै सवै वर्ग समुदायका फरक क्षमता भएका व्यक्तिहरु लगत अद्यावधिक गरी सामाजिक सुरक्षा कार्यक्रम वाट वञ्चित रहेका व्यक्तिहरु पहिचान गरी उप–महानगरपालिकाको आन्तरिक स्रोत वाट सम्वोधन गरीने , आर्थिक वर्ष ०७४÷७५ को वजेट निति तथा कार्यक्रम तर्जुमा गरी राजस्व परामर्श समिति , स्रोत अनुमान तथा वजेट निर्धारण समिति , वजेट तथा कार्यक्रम तर्जुमा समिति लाई आवश्यक कार्यदल समेत गठन गरिएको छ । वैठकले घोराही उप–महानगरपालिकाका कार्यकारी अधिकृत संयोजकत्वमा ६ सदस्यीय कार्यदल समिति समेत गठन गरेको छ । त्यस्तै वैठकले सामाजिक सुरक्षा भत्ता लाई मोवाईल वैकिङ प्रणालीमा संञ्चालन गर्नै निर्णय गरेको छ । भने वैठकले सम्पन्न स्थानिय तहको निर्वाचन लाई सफल वनाउने सम्पुर्णमा धन्यावाद ज्ञापन गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्