सिकलसेलबारे जानकारी



दिपक बोहरा,
तुलसीपुर १० असार ।

दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ का बासिन्दाहरुलाई लक्षित गरि सिकलसेल एनिमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ । थारु स्वास्थ्यकर्मी समाज तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा सनिबार दंगीशरणमा भएको सिकलसेल एनिमिया रोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । समाजका अध्यक्ष जीवराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य धमकली चौधरीले सिकलसेल एनिमिया रोग न्यूनिकरणका लागि पहल थाल्ने बताईन् । कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, राप्ती अञ्चल अस्पताल तुलसीपुरका नि.मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह, दंगीशरण गाउँपालिका कार्यपालिका सदस्य हिरा चौधरीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस अबसरमा बक्ताहरुले थारु समुदायका सबै ब्यक्तिहरुले सिकलसेल एनिमियाँको जाँच गराउनु पर्ने बताएका छन् । बिशेष गरि थारु समुदायलाई बढि संक्रमण गर्ने भएकाले सबै थारु समुदायका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था मिलाउनु पर्ने उनीहरुको भनाई थियो । हरेक ब्यक्तिलाई सिकलसेल एनिमिया भएको हुन सक्ने भन्दै सबै थारु समुदायका ब्यक्तिहरुको स्वास्थ्य जाँच गर्ने ब्यबस्था हुनुपर्ने उनीहरुको भनाई थियो । कानुनी सल्लाहकार रामशरण चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब रमेश पछलदंग्या थारुले गरेका थिए । दंगीशरणको भानुमाबि प्रसडुवामा भएको कार्यक्रममा वडा नम्बर ६ र ७ बाट सहभागिता रहेको थियो । सिकलसेल एनिमेयाको परिचय, लक्षण, परिक्षण, उपचारलगायतका बिषयमा जानकारी गराईएको थियो । जसको प्रशिक्षकमा उपप्राध्यापक डा.चन्द्र कार्की, ल्याब टेक्निसियन बिजय कुमार चौधरी, रमेश पछलदंग्या थारुरहेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्