काठमाडौं, १० असार । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई०को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४।० ल्याएका छन् ।
आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् ।
यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।
माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २।० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।
नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३।६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३।६५ देखि ४।० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ थियो ।
यसैगरी प्राबिधिक धारमा ५ सय ३८ ले सबैभन्दा माथिको जिपिए ३।६५ देखि ४ ल्याएकामा छात्र तीन सय ४५ र छात्रा एक सय ९३ छन् । साधारण र प्राबिधिक तर्फका एक्जाम्टेड विद्यार्थी कसैले पनि जिपिए ३।६५ ल्याएका छैनन् ।
सि ग्रेड भन्दा तलकोलाई ग्रेड बृद्धिको मौका
यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडबृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मुल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडबृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडबृद्धिको परीक्षा २३ साउनमा गर्ने भएको छ ।
यसरी गरिएको छ ग्रेड निर्धारण
प्राप्तांकको बर्गान्तर ग्रेड ग्रेड पोइन्ट
९० र त्यसभन्दा माथि ए प्लस ४।०
८० र त्यसभन्दा माथि ९० भन्दा कम ए ३।६
७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस ३।२
६० र त्यसभन्दा माथि ७० भन्दा कम बी २।८
५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस २।४
४० र त्यसभन्दा माथि ५० भन्दा कम सी २।०
३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस १।६
२० र त्यसभन्दा माथि ३० भन्दा कम डी १।२
२० भन्दा कम ई ०।८
१३ हजार ड्रप आउट
साधारण र प्राबिधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ एसइइको परीक्षा आबेदन फारम कुल चार लाख ८५ लाख ५ सय ८६ले भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रप आउट भएका छन् । प्राबिधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका छ जना ड्रप आउट भए ।
११ जनाको रद्ध, ७४ कम उमेर
यस वर्षको एसइइमा ११ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । ७४ जना कम उमेरका रहेको पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको भएको छ ।
नयाँ पत्रिका दैनिक
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।