३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड अभियोगमा खेतान पनि पक्राउ



काठमाडौं, १० असार । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा प्रहरीले व्यवसायी सञ्जय खेतानलाई पक्राउ गरेको छ ।

सरकारले गठन गरेको छानविन समितिले खेतानलाई कमलपोखरी क्षेत्रबाट शनिबार पक्राउ गरेको हो । उनलाई महानरीय प्रहरी बृत गौशालमा राखिएको छ । नियन्त्रणमा लिएका व्यक्तिले आफूलाई खेतान बताए पनि उनी प्रवीण अग्रवाल हुन् ।

तस्करीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले खेतानलाई नियन्त्रणमा लिइएको समितिका एक सदस्यले बताए ।

खेतान वीरग‌ंजका व्यवसायी हुन् । उनी हुन्डीको कारोवारी समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले दावी गरेको छ ।

गत बिहीबार समितिले रेस्टुरेन्ट व्यवसायी अकबहर शाहलाई नियन्त्रणमा लिएको हो । ललितपुरको लबिम मलमा उनको रेस्टुरेन्ट छ ।

यसअघि प्रहरीले तस्करी प्रकरणमा प्रतिवादी बनाइएका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भार्इ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्