कुन ग्रेडका विद्यार्थीले कुन विषय अध्ययन गर्न पाउँछन् ?



काठमाडौं, १० असार । माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक भएसँग कुन विषय अध्ययन गर्ने भनेर विद्यार्थीले सोधपुछ गर्न थालेका छन् ।

विद्यार्थीले कक्षा ११ का विषय छनोट सुरु गरेका छन् । त्यति मात्रै होइन उनीहरूले कलेजको पनि खोजी सुरु गरेका छन् ।

ग्रेडिङ प्रणालीको नतिजा अनुसार विज्ञान समूहका विषय पढ्न विद्यार्थीले कम्तीमा जीपीए २।० ल्याउनु पर्नेछ ।

कक्षा ११ मा भर्नाका लागि न्यूनतम १।६ जीपीए अनिवार्य छ । ग्रेडिङ नतिजामा १ दशमलव २० भन्दा कम ल्याउने विद्यार्थीले ग्रेड बढाउने परीक्षामा सहभागी हुन पाउनेछन् ।

आउँदो साउन २३ गतेदेखि परीक्षा मिति तोकिएको छ । १ दशमलव २० भन्दा कम ल्याउने विद्यार्थीले विज्ञान, कानून, व्यवस्थापन, मानविकी लगायतका कुनै पनि संकायमा भर्ना हुन पाउँदैनन् ।

लोक सेवा आयोगले पनि सरकारी सेवा प्रवेशका लागि न्यूनतम जीपीए २ लाई आधार मानेको छ ।

विज्ञान समूहका फिजिक्स, केमेष्ट्री, बायोलोजी लगायतका विषय अध्ययनका लागि अनिवार्य रूपमा जीपीए २ ल्याउनु पर्नेछ । विज्ञान र गणितमा सी प्लस ल्याउनु पर्नेछ ।

न्यूनतम जीपीए १ दशमलव ६ ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न सक्नेछन् । जसमा उनीहरूले इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका विषय अध्ययन गर्न पाउने छन् । जसमा लागि गणित, विज्ञान र अंग्रेजीमा न्यूनतम सी ग्रेड ल्याउनु पर्नेछ ।

गणित, अर्थशास्त्र, कम्प्युटर साइन्स, विजनेश स्टडिज लगायतका विषय अध्ययनका लागि पनि विद्यार्थीले न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनु पर्नेछ । जसका लागि अंग्रेजी, नेपाली र सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनु पर्नेछ ।

होटेल म्यानेजमेन्ट तथा ट्राभल एण्ड टुरिजम अध्ययनका लागि पनि न्यूनतम १ दशमलव ६ जीपीए ल्याउनु पर्नेछ । उक्त विषय अध्ययनका लागि पनि अंग्रेजी, नेपाली, गणित तथा सामाजिकमा सी प्लस ल्याउनु पर्नेछ ।

आमसञ्चार अध्ययन गर्न चाहने विद्यार्थीका लागि पनि न्यूनतम जीपीए १ दशमलव ६ नै चाहिन्छ । जसमा लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस ल्याउनु पर्नेछ ।

पाठ्यक्रमले तोकेका मैथिली, उर्दू, जापनिज, चाइनिज लगायतका अन्य भाषा अध्ययनका लागि अंग्रेजी विषयमा डी प्लस ल्याएका विद्यार्थी योग्य हुनेछन् । जसका लागि पनि न्यूनतम जीपीए भने १ दशमलव ६ हुनु पर्नेछ ।

नृत्य, संगीत, फाइन आर्ट लगायका विषय अध्ययनका लागि पनि न्यूनतम १ दशमलव ६ जीपीए चाहिन्छ । अंग्रेजी विषयमा डी प्लय अनिवार्य हुनुपर्नेछ ।dainiknepal

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्