दिपक बोहरा,
दाङको तुलसीपुर उपमहानगरपालि भित्र पहिलो पटक होमस्टे सञ्चालनमा आएको छ । वडा नंबर ३ राम्रीमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याईएको हो । अहिले जेठबाट उक्त होमस्टे सञ्चालनमा आएको छ । युवा ब्यबसायी दोर्ण आचार्यले उक्त होमस्टे सञ्चालनमा ल्याएका हुन् । उनै आचार्यसंग हामीले समग्र होमस्टे सञ्चालनका बिषयमा कुराकानी गरेका छौं । – सम्पादक
होमस्टे के हो ?
होमस्टे स्थायी घर बाँस भएको स्थानबाट अर्को स्थानमा अस्थाई रूपमा भ्रमण गरि कम्तिमा २४ घन्टा समय विताई त्यहाँको आवास,खानाआदि सेवा उपभोग गरि प्राकृतिक सौन्र्दर्य ,स्वच्छ र शान्त वातावरण ,डाँडाकाडाँ , भिरपाखा, हरियाली वनजङ्गल, खोलानाला, तालतलैया, झरना , छाँगा र अन्य भौगोलिक , जैविक एवं सास्कृतिक विविधता, ग्रामीण बस्तीमा रमाउने हँसिलो मुहारले पाहुनाहरुको स्वागत सत्कार एवं सेवा पुय¥याउने नेपालीहरु र उनीहरुको दिनचर्या , कला सस्कृतिको अनुभव गर्नुको साथै घर धनी र पाहुनाबीच एक आपसका ज्ञान ,अनुभव ,विचार र उपयुक्त प्रबिधिको आदन प्रदानलगायत एक अर्काका सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने स–शुल्क बसाई हो ।
राम्रीमा होम स्टे किन सञ्चालनमा ल्याउनु भयो ?
पर्यटन पर्बद्धन गर्नुका साथै यस क्षेत्रको आर्थिक समृद्धिका लागि मैले यस क्षेत्रमा होम स्टे सञ्चालनमा ल्याएको हुँ । हामीले आर्थिक समृद्धिका कुरा गर्छौ । तर आर्थिक समृद्धि कुरा गरेर मात्रे हुँदैन् । काम पनि गर्नुपर्छ । आर्थिक समृद्धिका लागि व्यबसायलाई अगाडि बढाउनु पर्छ । अर्को तर्फ पर्यटन पर्बद्धनका गर्नका लागि होमस्टेले महत्वपूर्ण भूमिका निर्बाह गर्छ । होमस्टेमा जाने ग्राहकहरुले त्यस क्षेत्रमा पर्यटनको अबलोकन गर्न चहान्छन् । त्यसलाई मध्यनजर गरि हामीले होमस्टे सञ्चालनमा ल्याएको हुँ ।
होम स्टेका बिशेषता के छन् ?
बर्तमान सरकारले होमस्टे सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने लक्ष्य लिएको छ । त्यसै अनुसार मैले होमस्टे सञ्चालनमा ल्याए । समृद्धिको एउटा आधार ब्यबसाय हो । आर्थिक समृद्धिका लागि ब्यबसाय शुरु गरेको हुँ । होमस्टेमा स्थानीय परिकार ढिलो, सिस्नो, लोकल कुखुराको परिकार, मुहानको चिसो पानी, दाङमै पहिलो पटक ट्रड माछा आफै रोजेर खान पाईने, पानीको फोहोराको अबलोकन गर्न सकिने, एकान्त वातावरण रहेको , त्यस क्षेत्रका बिभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । सिंगापुर गएर फर्किय पछि मैले होमस्टे सञ्चालनमा ल्याएको हुँ । धेरै युवाहरु बिदेश पलाईन भईरहेको अबस्थामा आफ्नै गाउँठाउँमा ब्यबसाय गरेर राम्रो आम्दानी गर्न सकिन्छ भनी होमस्टे सञ्चालनमा ल्याएको हुँ । अहिले होमस्टेमा १० जना कर्मचारीले काम गरिरहेका छन् ।
होमस्टे सञ्चालनका चुनौती के छन् ?
थुप्रै चुनौतीहरु छन् । ति चुनौतीहरुलाई पार गर्नुपर्ने अबस्था छ । अहिले ब्यक्तिगत रुपमा ४० लाख बराबरको लगानीमा होम स्टे सञ्चालनमा ल्याईएको छ । लगानी बराबर आम्दानी ल्याउनु पर्ने एउटा चुनौती छ । यस होमस्टेलाई प्रसिद्ध बनाउन चुनौती छ । बाहिरी पर्यटक भित्र्याउन चुनौती छ । होमस्टेमा बाहिरी पर्यटकहरु भित्र्याउने लक्ष्य पनि रहेको छ । त्यसका लागि स्थानीय सरकार, प्रदेश तथा केन्द्रीय सरकारले पनि सहयोग गर्ने छ भन्ने अपेक्षा लिएको छु । समृद्धिका लागि होमस्टे ब्यबसायको बिकास गर्न जरुरी छ ।
होम स्टेमा ग्राहकहरु कत्तिको आउँछन् ?
शुरुवात भएको एक महिना पुगेको छैन् । तर ग्रहाकको घुईचो लाग्ने गरेको छ । स्थानीय परिकारहरुमा आनन्द लिन पाएपछि ग्राहकहरुको आकर्षण बढ्ने गरेको छ । दैनिक एक सय भन्दा बढि ग्राहकहरु आउने गरेका छन् ।
होम स्टेबाट के अपेक्षा गर्नुभएको छ ?
होमस्टेबाट मैले स्थानीय उत्पादनको पर्बद्धन र पर्यटनको बिकास मुख्य लक्ष्य हो । यति गर्न सकियो भने समृद्ध तुलसीपुर बनाउन कुनै ठुलो कुरा होईन् । त्यसैले समृद्धिका लागि होमस्टे सञ्चालनमा ल्याउनु मेरो मुख्य उदेश्य हो । समृद्धिका लागि स्थानीय उत्पादनलाई प्रोत्साहन र पर्यटन प्रबद्र्धन नै मुख्य कुरा हो । यसबाट समृद्धिको अपेक्षा मैले लिएको छु ।
तपाईले सोचे जति ग्राहक आउने गरेका छन्, की नाई ?
शुरुवाती चरण हो । अहिले पनि ग्राहक आईरहनु भएको छ । अझै पनि हामीले धेरैजनालाई राम्रीको अबलोकन गराउने लक्ष्य लिएका छौं । यस क्षेत्रको बिकासका लागि पनि होमस्टेले भूमिका खेल्ने छ ।
होम स्टेमा कति लगानी लगाउनु भएको छ ?
मैले अहिले सम्म करिब ४० लाख लगानी लगाएको छु । अझै पनि लगानी थप्ने सोँच छ । थप ब्यबस्थित बनाउन पूर्बाधार थप्ने साँेच बनाएको छु ।
धेरै होमस्टे बन्द हुने अबस्थामा छन्, यस्तो अबस्थामा होमस्टे सञ्चालनमा ल्याउनु भएको छ, तपाईले सोँचे अनुसार आम्दानी गर्न सकिएला त ?
सबै भन्दा ठुलो कुरा ब्यबस्थापन हो । राम्रो ब्यबस्थापन र ग्राहकको आर्कषण बन्न पुग्यो भने होमस्टे बन्द हुने अबस्था आउदैन् । अहिले राम्रो ब्यबस्थापन भएका धेरै होमस्टेहरु राम्रो तरिकाले सञ्चालनमा आएका छन् । आम्दानी पनि राम्रो गर्न सफल भएका छन् । त्यसैले हामीले राम्रो ब्यबस्थापन र ग्राहकको माग अनुसार होमस्टेलाई अगाडि बढाउन जरुरी छ । त्यसो गर्न सकिएमा मात्रै होमस्टे ब्यबसाय फस्टाउन सक्छ । होमस्टे ब्यबसाय अहिलेको आबश्यकता पनि हो ।
त्यस्तै होमस्टे आधुनिकतामा जान जरुरी छ । परम्परागत ढंगबाट होमस्टेको ब्यबसायलाई सफल पार्न सकिदैन्, त्यसैले प्रबिधियुक्त बनाउन जरुरी छ । अहिले हामीले सञ्चालनमा ल्याएको होमस्टे आधुनिक पकारको हो । त्यसैले पनि हामीले सोँचे अनुसार होमस्टेलाई अगाडि बढाउन सक्छौं । हामीले पाँचवटा कोठाहरुसहितको होमस्टे सञ्चालनमा ल्याएका छौं । होमस्टेले स्थानीय संस्कृतिको संरक्षण, स्थानीय उत्पादन, पर्यटन प्रबद्र्धनमा पनि मद्धत पुग्छ । यसले होमस्टेले मात्रै नभई यस क्षेत्रको बिकास निर्माणमा पनि टेवा पुग्छ ।
भाबी दिनमा होम स्टेलाई कसरी ब्यबस्थित गरेर अगाडि बढाउने सोँच्नु भएको छ ?
अझै नमुना योग्य होमस्टे बनाउने योजना बनाएका छौं । यसका लागि सबै निकायको साथ सहयोग जरुरी छ । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकारले होमस्टेलाई अगाडि बढाउन सहयोग र सहकार्य गर्न जरुरी छ । आर्थिक समृद्धि भन्ने नारा चुनाबमा मात्रै होईन्, ती नारा हामी जस्ता युवाहरुको जोस जाँगरमा पनि लगाउनु पर्छ । अनी मात्रै चुनाबको समयमा गरिएको आर्थिक समृद्धिका नाराले सार्थकता पाउन सक्छन् । त्यसैले पनि यसतर्फ तुलसीपुर उपमहानगरको पनि ठुलो सहयोगको अपेक्षा गरिएको छ । यसमा उपमहानगरपालिकाले साथ सहयोग गर्नेछ भन्ने आशा पनि छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।