दाङको तुलसीपुर उपमहानगरको मेयर र उपमेरमा एमाले विजयी



असार २२

तुलसीपुर उप महानगरपालिकामा एमालेका उमेदवार विजयी भएका छन् । पाण्डेले ३ हजार ९ सय ५४ मत अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी हुनुभएको हो । मेयरमा घनश्याम पाण्डेको २२ हजार ८ सय ५७ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनु भएको छ । २३ बर्षमा २० वर्ष अगाडि तुलसीपुर नगरपालिकाको उपमेयर बन्नु भएका पाण्डे अहिले तुलसीपुर उप महानगरपालिकाको मेयर पदमा विजयी हुनु भएको हो । त्यसैगरी उप प्रमुखमा एमालेकै माया आचार्य विजयी हुनुभएको छ । उहाँले ८ सय ५२ मतले कांग्रेसकी देविका नेपालीलाई पछि पार्नुभएको हो । यस्तै माओवादी केन्द्रका शेसुराम भण्डारीको ८ हजार ६ सय ९३ र उपमेयरमा ९ हजार ५१ मत आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्