बङ्गलादेशमा बाढीबाट लाखौं प्रभावित



असार २२

यसवर्षको भारी मन्सुनी वर्षाबाट अहिलेसम्म करिब नौ लाख जनता नराम्ररी प्रभावित भएका र हजारौँ परिवार विस्थापित भएका छन् । बङ्गलादेशको प्राकृतिक प्रकोप व्यवस्थापन तथा उद्धार मन्त्रालयका अनुसार उत्तरपूर्वी बङ्गलादेशका दुई सिल्हेट र मोल्बी बजार तथा दक्षिणपूर्वी खण्डको एक कक्स बजारसमेत गरी तीन जिल्ला यस पटकको भारी वर्षा र बाढीबाट प्रभावित भएको एकजना उच्च सरकारी अधिकारीले बताएका छन् । सरकारले उद्धारमा तिब्रता दिइएको र विस्थापित करिब दुई हजार परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराई अस्थायी बसोबासको व्यवस्था मिलाइएको जनाएको छ । भारी वर्षाका कारण देशभरका पहाडी इलाकाबाट भारतीय सीमानासम्म बाढी आएर जलमग्न भएको थियो । दक्षिण एसियाकै होचो मैदानी भूभाग भएको बङ्गलादेशमा सानाठूला गरी २३० वटाभन्दा बढी नदीनाला छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्