असार १०, दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागी आइतवार एक अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ ।
पुँजीगत विकास,नगर,वडास्तरीय पुर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागी रु १ अर्ब ४२ करोड ९२ लाख ७३ हजार २ सय ७ रुपैया र चालु खर्च अन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु १४ करोड १९ लाख १८ हजार को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गरेकी छन । उपमहानगरपालिकाले नगर र वडामा भौतिक पुर्वाधार निमार्णका लागी रु ३० करोड,तुलसीपुर नगरस्तरीय पुस्तकालय सञ्चालनका लागी रु ५० लाख,आधुनिक तुलसीपुर अटो भिलेज निमार्ण सम्पन्न गर्न थप रु १ करोड, निमार्णधिन वर्षपार्कलाइ सम्पन्न गर्न रु १० करोड बजेट विनियोजन गरिएको छ ।
त्यसैगरि अपागंता भएका बालबालिकाका लागी रु २५ लाख,पर्यटकीय स्थलका लागी रु १ करोड, सडक कालो पत्रेका लागी रु १ लाख १० हजार, बहुसाँस्कृतिक सग्रहालय निमार्णका लागी रु ५० लाख, खेलकुद कार्यक्रमका लागी रु ५० लाख, तुलसीपुर चक्रपथ निमार्णका रु ५ करोड,आधुनिक बधशाला र स्मार्ट सिटीका लागी रु ४ करोड, तरकारी र फलफुल बजार निमार्णका लागी रु ४ करोड, शित भण्डार, कृषि तथा पशुपालन विकास, व्यवसायीक बगैचा र व्यवसायीक किसान पोशाक तथा परिचय पत्रका लागी रु ६ करोड,छिल्लीकोटलाइ पर्यटकीय गन्तव्यका रुपमा विकास र पुर्वाधार निमार्णका लागी रु ५० लाख,तुलसीपुर ८ मा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागी रु १ करोड,डेरी उद्योग सञ्चालनका लागी रु १ करोड बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी बेरोजगार युवालाइ लक्षित गरेर मेयर उद्यमशिलता कार्यक्रमका लागी रु २ करोड,पुर्वाधार विकासका लागी रु १० करोड, विकट र दुर्गम वडा विकासका लागी रु ४ करोड, मातृशिशु तथा प्रोत्साहन भत्ताका लागी रु ७५ लाख, सस्थाँगत भवन निमार्णका लागी रु ५० लाख, आदिवासी, जनजाती, अल्पसख्ंयक, महिला, बालबालिका, मुस्लीम दलित, ज्येष्ठ नागरिकका लागी रु १ करोड,सामुदायीक तथा योग भवनका निमार्णका लागी रु ५० लाख, सरकारी र सार्वजनिक जग्गा सरक्षंणका लागी रु २५ लाख, सञ्चार कोष स्थापना र जनताको सुचनाको हक स्थापीत गर्न रु ७५ लाख,मेट्रो कलेजका लागी रु १ करोड, सामुदायीक विद्यालयका किसोरीहरुलाइ स्यानिटरी प्याड वितरणका लागी रु ३ लाख बजेट विनियोजन गरिएको छ ।
नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु
तुलसीपुर उपमहानगरपालिकामा हामीलाई निर्वाचित गराउनु भएको एक वर्षका विचमा हामीले गौरवपूर्ण कामहरुलाई अगाडि वढाएका छौ । जनताको विश्वासले पाएको मतलाई हामीले नमुना योग्य काम गरेर उच्च सम्मान गरेका छौ । तुलसीपुर उपमहानगरपालिकाको विकास, समुन्नति र समृद्धि नै हाम्रो मुख्य गन्तव्य हो ।
हामीले नेतृत्व गरेको एक वर्षका विचमा तुलसीपुर उपमहानगरवासीहरुले अनुभुत गर्ने खालको काम गरेका छौ । तुलसीपुरको समग्र पूर्वाधार विकास,मातृशितु मृत्युदर घटाउनका लागि सुत्केरी भत्ता कार्यक्रम, सुरक्षित आवास अन्तर्गत टिनको छानो वितरण, शिक्षा सुधारका लागि विभिन्न प्रभावकारी योजना निर्माण र कार्यान्वयन, ग्रामिण वस्तिलाई ध्यानमा राखेर नगर स्वास्थ्य केन्द्र स्थापना जस्ता कामहरु हामीले एक वर्षका विचमा गरेका जनप्रिय कामहरु हुन् ।
पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, कानुन निर्माण, सचेतना प्रदान, न्यायिक समिति मार्फत विभिन्न मुद्दाहरुको छिनोफानो तथा मेलमिलाप लगायतका क्षेत्रमा हामीले नयाँ र प्रभावकारी कामहरु गर्दै आएका छौ । विकासका हरेक सूचकलाई छुने गरी हामीले हरेक क्षेत्रलाई समेटेर समावेशी विकासका अवधारणाका आधारमा वजेट तर्जुमा गरेका छौ ।
नेपाल एक स्वतन्त्र, सार्वभौम र स्वाधीन मुलुक हो । विभिन्न राजनैतिक आरोह अवरोह पार गरेर अहिले हामी समृद्धि र समुन्नतिको यात्रामा अगाडि वढिरहेका छौ ।
मुलकमा जनताको सत्ता ल्याउनका लागि विभिन्न समयमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने विर सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली, आन्दोलनमा निरन्तर लागिरहने योद्धाहरुप्रति सम्मानका साथै मुलुकको राजनीतिक, आर्थिक एवम् सामाजिक सबलिकरणका लागि नेतृत्वदायी भुमिका खेल्नुहुने अग्रज नेताहरु सवैलाई सम्मान प्रकट गर्न चाहन्छु ।
दिगो शान्ती, सुशासन, विकास र समृद्धि हाम्रो आगामी यात्रा हो । हामीले गरेका हरेक कामहरुले यिनै चार कुराहरुलाई समेटेका हुन्छन् । हामीले सामान्य जनताले पनि संघीयताको वेग्लै महसुस गर्न सकुन् भन्ने सोचका साथमा आर्थिक वर्ष २०७५/७६ को वजेट तर्जुमा गरेका छौ ।
यस वजेटमा नगरको पुर्वाधार विकास सँगसँगै सडक, सिँचाई, कृषि, शिक्षा, स्वास्थ्य , सहकारी, वन तथा वातावरण र आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर विनियोजन गरिएको छ ।
नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु
अव म “ खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर: राम्रो तुलसीपुर, ” बनाउने आ.व. २०७५÷७६ को नीति तथा कार्यक्रमहरुको लागि विनियोजित बजेटको विवरण यो सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
गत आर्थिक वर्ष २०७४÷७५ मा विभिन्न विषयहरुमा रु १,१८,३९,१५,३९७। (अक्षरुपी एक अरव अठार करोड उन्चालिस लाख पन्ध्र हजार तिनसय सन्तानव्वे मात्र) आम्दानी हुने प्रस्ताव गरिएकोमा २०७५ अषाढ ७ गते सम्म खुद आम्दानी रु १,१७,३३,३१,२३४। (अक्षरुपी एक अरव सत्र करोड, तेत्तीस लाख, एकतिस हजार दुईसय चौतिस रुपैया मात्र) भएको छ ।
यसैगरी चालु आ.व ०७४÷०७५ आर्थिक वर्षमा विभिन्न योजना, चालु र पुँजिगत शीर्षकमा रु १,१८,३९,१५,३९७। (अक्षरुपी एक अरव अठार करोड उन्चालिस लाख पन्ध्र हजार तिनसय सन्तानव्वे मात्र) खर्च हुने अनुमान गरिएकोमा २०७५ अषाढ ७ गतेसम्म खुद खर्च भई रु ९२,८३,८६,०६१।५० (वयानब्बे करोड तिरासी लाख, छयासी हजार एकसठ्ठी रुपैया पचास पैसा) भई बाकी वजेट आ.व.को अन्तसम्म खर्चहुन सक्ने व्यहोरा यस सम्मानित सभा समक्ष जानकारी गराउन चाहन्छु ।
अब म यहाँहरु समक्ष आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय र खर्च विवरण प्रस्तुत गर्न चाहन्छु । यस आर्थिक वर्षमा आन्तरिक श्रोतबाट रु १४००,००,०००। (अक्षरुपी चौध करोड) युनिसेफवाट अनुदान ७५,००,०००।
(पचहत्तर लाख) सामाजिक सुरक्षा कार्यक्रमका लागि रु २०,००,००,०००। (विस करोड) वित्तीय समानीकरण अनुदान नेपाल सरकारबाट २९,७४,१३०००। (अक्षरुपी उनन्तीस करोड, चौरहत्तर लाख, तेह्र हजार) सशर्त अनुदान विषयगत रु ४१,९१,८२,०००।
(एकचालिस करोड, एकानव्वे लाख वयासी हजार) राजस्व वाँडफाँडवाट १९,५२,४५०००। ( उन्नाईस करोड, वाउन्नस लाख, पैचालिस हजार) साथै प्रदेश सरकारको वित्तीय समानीकरणवाट रु ६८,७८,०००। (अरसठ्ठी लाख, अठहत्तर हजार) सशर्त अनुदान रु १३३,००,०००। (एक करोड तेत्तिस लाख) राजस्व वाडँफाडँवाट २१३,३०,०००। . (दुइ करोड तेह्र लाख तिस हजार) साथै अन्य अनुदान रु १,१७,००,००० (एक करोड सत्र लाख) गतवर्षको मौज्दात ११६,४१२०७।
(एक करोड, सोह्र लाख, एक चालिस हजार दुई सय सात) र नगर विकास कोषको ऋण रु १०,००,००,०००। (दश करोड) समपुरक अनुदान रु १५०००००००। (पन्ध्र करोड) गरी जम्मा रु १,५७,४१,९१,२०७। एक अरव सन्ताउन्न करोड एकचालिस लाख एकानव्वे हजार दुईसय सात मात्र आय अनुमान गरिएको छ ।
यसैगरि आर्थिक वर्ष २०७५÷०७६ मा चालु खर्च अन्तर्गत तलव, भत्ता, कार्यालय सञ्चालनका लागि कुल वजेटको ९.२ प्रतिशत हुन आउने रकम रु १४,४९,१८,०००।
(चौध करोड, उनन्चास लाख, अठार हजार) विनियोजन गरिएको छ भने पुँजिगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य ससर्त कार्यक्रम तथा विकास कार्यक्रमका ९०.८ प्रतिशतले हुन आउने रकम रु १,४२,९२,७३,२०७। (एक अरब,वयालिस करोड, वयानन्वे लाख, तिरहत्तर हजार दुई सय सात) विनियोजन गरिएको छ ।
गत आर्थिक वर्षको यथार्थ आम्दानी र यस वर्षको अनुमानित आय विवरण अनुसुची १ मा संलग्न गरिएको छ । त्यसैगरि गत आर्थिक वर्षकोवास्तविक खर्च र यस वर्षको अनुमानित व्यय विवरण अनुसुची २ मा संलग्न गरिएको छ ।
नगरसभाका अध्यक्षज्यू, अव म आगामी आर्थिक वर्ष २०७५÷७६ को वजेटका उद्देश्य तथा प्राथमिकता प्रस्ुतत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्न अनुसार प्रस्तुत गरेको छुँ ।
(क) विभिन्न पूर्वाधारहरुको निर्माण गरेर यस उपमहानगरलाई समुन्नत, सुदृढ, स्वाधीन र समाजबाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने ।
(ख) तुलसीपुर उपमहानगरलाई कृषि र शिक्षाको केन्द्रका रुपमा विकास गर्दै यस क्षेत्रलाई फलफुल, तरकारी र खाद्यान्नमा आत्मनिर्भर वनाउनुका साथै प्राविधिक र सीपयुक्त शिक्षाको विकास गरेर हरेक नागरिकलाई स्वरोजगार वनाउने
(ग) साधन स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी दु्रत आर्थिक तथा मानवीय विकास गर्ने
नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु
अव म यहाँहरु समक्ष यस तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकाका तर्फबाट आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरसभाको पहिलो वैठकले पारित गरेको नीति तथा कार्यक्रम, दीगो विकासको लक्ष्य, नेपाल सरकारको विकास लक्ष्य प्राप्तीमा सहयोग पु¥याउन र नेपालको संविधानले अङ्गिकार गरेका मौलिक हक र नीति तथा कार्यक्रमहरु समावेश गरिएको “ खुसी जनता: समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुर: राम्रो तुलसीपुर” बनाउनका लागि विनियोजन वजेट प्रस्तुत गर्न चाहन्छु । साथै कार्यक्रम र विनियोजित वजेटको विस्तृत विवरण स्थानीय रातो कितावमा समावेश गरिने व्यहोरा अवगत गराउँछु ।
१. तुलसीपुर उपमहानगरपालिकाभित्र भौतिक पुर्वाधार निर्माण गर्न नगर र वडा स्तरिय गौरवका योजनाका लागि रु ३० करोड वजेट विनियोजन गरिएको छ ।
२. पठन संस्कृतिको विकास र वौद्धिक छलफलका लागि तुलसीपुर नगरस्तरिय पुस्तकालय सञ्चालनका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ ।
३. आधुनिक तुलसीपुर अटो भिलेज निर्माण सम्पन्न गर्नका लागि थप रु १ करोड रकम विनियोजन गरिएको छ ।
४. तुलसीपुर उपमहानगरपालिकाको निर्माणाधिन वसपार्कलाई आधुनीक , सुविधा सम्पन्न र प्रविधिमैत्री वनाउनका लागि थप रु १० करोड रकम विनियोजन गरिएको छ ।
५. उच्च शिक्षा अध्ययन गर्न चाहने विभिन्न समुदायका विद्यार्थीहरु र अपांगता भएका वालवालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि रु २५ लाख रकम विनियोजन गरिएको छ ।
६. राप्ती शान्ती उद्यान, चमेरे गुफा, थर्कोट, गौरीगाउँ ताल, बबई नदी, कृष्ण मन्दिर पार्कलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।
७. तुलसीपुर उपमहानगरपालिका १० ठुटीदेखि हसनापुर हुँदै दामोदर रोड जोड्ने श्रीमणी मार्ग सडक कालोपत्रेका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
८. तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको हर्नेटीदेखि चमेरे गुफासम्मको पर्यटन मार्ग विस्तारका लागि रु २० लाख रकम विनियोजन गरिएको छ ।
९. तुलसीपुर उपमहानगरपालिका १० वनगाउँदेखि वडा नम्वर ११ नवलपुर हुँदै मोतिपुरसम्मका लागि कालोपत्रे सडक निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको छ ।
१०. वहुसाँस्कृतिक संग्रहालय निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ ।
११. मेयर कप खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता लगायत अन्य खेलकुद सम्वन्धि कार्यक्रम सञ्चालन गर्नका लागि एकमुष्ट रु ५० लाख छुट्याएको छ ।
१२. तुलसीपुर चक्रपथ निर्माणका लागि प्रदेश सरकारको ३ करोड र उपमहानगरको २ करोड गरि जम्मा ५ करोड रकम विनियोजन गरिएको छ ।
१३. तुलसीपुर उपमहानगरपालिकामा आधुनिक वधशाला र मिटमार्ट निर्माणका लागि प्रदेश सरकारको २ करोड र उपमहानगरपालिका, निजी र सहकारीको साझेदारीमा २ करोड गरी ४ करोड रकम विनियोजन गरिएको छ ।
१४. तुलसीपुर तरकारी तथा फलफुल वजार निर्माणका लागि प्रदेश सरकारको २ करोड , निजी,सहकारी, समुदाय र उपमहानगरपालिकाको २ करोड गरी ४ करोड रकम विनियोजन गरिएको छ ।
१५. व्यावसायिक कृषि तथा पशुपालनको विकास, व्यावसायिक किसान पोशाक तथा परिचय पत्र वितरण, व्यावसायिक फलफुल वगैचा निर्माण, वाह्रै महिना सिचाँई सुविधा उपलब्धता, शित भण्डार निर्माण गर्नका लागि कृषि, पशुपालन र सिँचाई क्षेत्रमा एकमुष्ठ रु ६ करोड रकम विनियोजन गरिएको छ ।
१६.छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
१७. तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ८ मा रहेको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि रु १ करोड रकम विनियोजन गरिएको छ ।
१८. दुग्ध उत्पादन वृद्धिका लागि सार्वजनिक, नीजि, सहकारी र समुदायको सहकार्यमा डेरी उद्योग सञ्चालनका लागि रु १ करोड छुट्याईको छ ।
१९. वेराजगार युवालाई लक्षित गरेर मेयर उद्यमशिलता कार्यक्रमका लागि रु २ करोड छुट्याइएको छ ।
२०. ठूला गौरबका पूर्वाधार विकासका लागि निजी, सहकारी र समुदायसँग सहकार्य गरेर खानेपानी, वहुउद्देश्यीय तुलसी टे«ड टावर, पार्क लगायत अन्य पूर्वाधार विकासका लागि समपुरक कोषमा रु १० करोड रकम विनियोजन गरिएको छ ।
२१. विकट र दुर्गम वडाहरुको विकासका लागि वडा नम्वर १,३,४,१३ र १९ मा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्न थप रु ४ करोड रकम विनियोजन गरिएको छ ।
२२. मातृशिशु मृत्युदर कम गर्नका लागि सुरु गरिएको मातृशिशु तथा प्रोत्साहन भत्ताका लागि रु ७५ लाख रकम विनियोजन गरिएको छ ।
२३. सुरक्षित आवासका लागि खरका छाना हटाएर टिनको छाना लगाउन मेयर सुरक्षित आवास कार्यक्रमका लागि २ करोड रकम विनियोजन गरिएको छ ।
२४. अतिथि गृह तथा संस्थागत भवन निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरिएको छ ।
२५. अध्ययन,अनुसन्धान र प्रविधिलाई प्रयोग गर्नका लागि निर्माण गरिने तुलसीपुर आविष्कार केन्द्रलाई रु २५ लाख व्यवस्था गरेको छु ।
२६. आदिवासी, जनजाति, अल्पसंख्यक,महिला, वालवालिका, मुस्लिम, दलित, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुका लागि कार्यक्रम सञ्चालन गर्न रु १ करोड रकम विनियोजन गरिएको छ ।
२७. सामुदायिक तथा योग भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
२८. सरकारी तथा सार्वजनिक जग्गा छुट्याई संरक्षण गर्नका निम्ति रु २५ लाख विनियोजन गरिएको छ ।
२९. सञ्चार क्षेत्रलाई प्रभावकारी वनाउन, सञ्चार कोषको स्थापना गर्न र जनताको सुचना पाउने हक स्थापित गर्नका लागि रु ३० लाख रकम विनियोजन गरिएको छ ।
३०. उपमहानगरपालिकाका सबै विकासका लागि विभिन्न गुरुयोजना निर्माण, स्मार्ट सिटी योजना निर्माण, प्रोफाईल निर्माण, पर्यटन गुरुयोजना, सडक तथा यातायात गुरुयोजना, डिजिटल प्रोफाईल आदि निर्माणका लागि रु ७५ लाख विनियोजन गरिएको छ ।
३१. तुलसीपुर उपमहानगरपालिकाको साहित्य, संस्कृति अध्ययन , अनुसन्धान र विभिन्न प्रतियोगिताका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।
३२. तुलसीपुर उपमहानगरपालिकाको पहलमा प्राविधिक शिक्षा सञ्चालन गर्न मेट्रो कलेजका लागि रु १ करोड रकम विनियोजना गरिएको छ । साथै राप्ती ववई क्याम्पस, जनता संस्कृत विद्यापिठमा शैक्षिक गुणस्तर वृद्धि र वहुभाषा केन्द्र सञ्चालनका लागि समपुरक अनुदानका रुपमा रु ५० लाख विनियोजन गरिएको छ भने प्राविधिक शिक्षा सञ्चालन गर्न चाहने सामुदायिक विद्यालयहरुका लागि समपुरक अनुदानका रुपमा रु १० लाखका दरले समपुरक अनुदानका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
३३. नसर्ने रोगको व्यवस्थापन तथा अभिमुखिकरणका लागि ५ लाख रकम विनियोजन गरिएको छ ।
३४. थारु जातिमा रहेको सिकलसेल एनेमिया र वर्थडिफेक्ट सम्वन्धि अनुसन्धान र सचेतनाका लागि १६ लाख रकम छुट्याइएको छ ।
३५. उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका किशोरीहरुलाई स्यानिटरी प्याड वितरणका लागि रु ३ लाख रकम विनियोजन गरिएको छ ।
३६. उपमहानगरपालिका भित्रका हरेक नागरिकको २ पटक स्वास्थ्य जाँच गर्नुका साथै जाँच गर्न उत्प्रेरणा र किशोरकिशोरी शिक्षा, स्मार्ट छोरी कार्यक्रमका लागि एकमुष्ट रु १२ लाख विनियोजन गरिएको छ ।
३७. आमाको माया कार्यक्रमको निरन्तरताका लागि रु ६ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
३८. तुलसीपुर मेडिकल कलेजको सम्भाव्यता अध्ययनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
३९. तुलसीपुर उपमहानगरपालिका १५ कोट्टे डाँडा संरक्षण गरी खेल मैदान र पार्क निर्माणका लागि रु २५ लाख रकम विनियोजन गरिएको छ ।
४०. राप्ती आँखा अस्पतालमा मोतियाविन्दुको अपरेशन सेवा प्रभावकारी वनाउन, राप्ती आयुर्वेद र राप्ती अञ्चल अस्पतालको स्तरवृद्धि, नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवालाई निरन्तरता दिन र प्रभावकारी सेवाका लागि सहकार्य गर्न रु ५० लाख विनियोजन गरिएको छ ।
४१. दुर्गम पहाडि क्षेत्रमा २५ प्रतिशत र समथल तथा शहरी क्षेत्रमा चालिस प्रतिशत नगद लागत सहभागिताका आधारमा ठूला पूर्वाधारका योजना निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ ।
४२. इ–गभर्नेन्स कार्यान्वयनमा ल्याउन, १९ वटै वडामा इन्टरनेट सञ्जाल पुर्याउन र उपमहानगरसँग सम्वन्धित विभिन्न विषय र क्षेत्रका वारेमा एप्लिकेसन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
४३. तुलसीपुर उपमहानगरपालिकामा सडक वत्ति र सिसिटिभी जडानका लागि निजी र समुदायको साँझेदारीमा कार्य गर्न रु ५० लाख विनियोजन गरिएको छ ।
४४. वगरमा खेती कार्यक्रमका लागि रु ५ लाख वजेट विनियोजन गरेको छु ।
४५. सुविधा सम्पन्न पशु अस्पताल र एनिमल एम्वुलेन्स सञ्चालनका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
४६. टोलटोलमा सहकारी घरघरमा भकारी भन्ने लक्ष्यका साथमा आमजनता समक्ष सहकारीप्रतिको आकर्षण वढाउन, सहकारीको क्षमता विकास गर्न र अनुगमन कार्यका लागि रु १० लाख विनियोजन गरिएको छ ।
४७. तुलसीपुर उपमहानगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनका लागि गुरु योजना वनाई कार्यान्वयन गर्नका लागि एकमुष्ट रु २५ लाख वजेट विनियोजन गरिएको छ ।
४८. तुलसीपुर प्रवेशको मुख्यद्धारहरुमा यहाँको पहिचान झल्कने गरि स्वागतद्धार निर्माणका लागि डिपिआर वनाउन रु १५ लाख विनियोजन गरिएको छ ।
४९. तुलसीपुरमा लगानी मैत्री वातावरण निर्माण गर्न र वाह्य लगानी भित्र्याउनका लागि वृहत लगानी सम्मेलन गर्न रु १० लाख विनियोजन गरिएको छ ।
५१. टोबाको फ्रि टोल विकास संस्था घोषणाका लागि रु ३ लाख विनियोजन गरिएको छ ।
५२. महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवालाई प्रभावकारी वनाउन रु १० लाख विनियोजन गरिएको छ ।
५३. खानेपानी तथा सरसफाई कार्यक्रमका लागि सार्वजनिक, निजी, सहकारी र समुदायको सहकार्यमा कार्य गर्नका लागि रु २ करोड विनियोजन गरिएको छ ।
५४. फोहोरलाई मोहोरमा वदल्न फोहोरमैला संकलन, कुहिने र नकुहिने फोहोर छुट्याई, फोहोरबाट ग्याँस, विद्युत र प्रांगारिक मलजस्ता उत्पादन गर्न सार्वजनिक, निजी, सहकारी र समुदायको साँझेदारीमा काम गर्नका लागि रु १ करोड ७५ लाख विनियोजन गरिएको छ ।
५५. बालमैत्री सुशासन कार्यक्रम सञ्चालनका लागि रु ४० लाख विनियोजन गरिएको छ ।
५६. तुलसीपुरको पहिचानः सवै जातिको सम्मान भन्ने कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
५७. ज्येष्ठ नागरिकहरुलाई न्यानो पोशाक वितरणका लागि रु १० लाख विनियोजन गरिएको छ ।
५८. महिला पहिला अभियान कार्यक्रमका लागि रु ५ लाख विनियोजन गरिएको छ ।
५९. सडक किनारको दुवैतिर वृक्षारोपण गर्नका लागि रु १० लाख विनियोजन गरिएको छ ।
६०. तुलसीपुर उपमहानगरपालिकाका विभिन्न क्षेत्रहरुमा यातायात सेवा सञ्चालनका लागि सार्वजनिक, निजी, सहकारी र समुदायको सहकार्यमा नगर वस सञ्चालन गर्न रु ५० लाख विनियोजन गरिएको छ ।
६१. तुलसीपुर पूर्वाधार विकास प्राधिकरण वनाई सडक, पुल आदि पुर्वाधारको संरचना निर्माणका लागि रु ५ करोड विनियोजन गरिएको छ ।
६२. एकीकृत वस्ति तथा नयाँ स्मार्ट शहर निर्माणका लागि अध्ययन तथा विस्तृत प्रस्ताव तयारका लागि रु २५ लाख विनियोजन गरिएको छ ।
६३. तुलसीपुर क्षेत्रमा शव वाहन स ञ्चालनका लागि रु १२ लाख विनियोजन गरिएको छ ।
६२. बहुउद्देश्यीय सभाहल निर्माणका लागि रु १ करोड विनियोजन गरिएको छ ।
६३. तुलसीपुर आइटि पार्क निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
६४. दिगो वन व्यवस्थापन, वन प्रमाणिकरण र वन उद्यम जस्ता कार्यक्रम सञ्चालन तथा वातावरण संरक्षणका लागि एकमुष्ट रु ५० लाख विनियोजन गरिएको छ ।
६५. छाडा चौपाया नियन्त्रण र व्यवस्थापनका लागि रु १५ लाख विनियोजन गरिएको छ ।
६६. धुँवा, धुलो प्रदुषण मापन, अनुगमन, नियमन सम्वन्धि कार्य र अध्ययन अनुसन्धानका लागि रु १५ लाख विनियोजन गरिएको छ ।
६७. बजार व्यवस्थापन, नगर सुरक्षा र विकासमा स्वयम्सेवक परिचालनका लागि नगर प्रहरी, नगर ब्रिगेड र नगर विकास स्वयम्सेवक गठन तथा परिचालनका लागि रु ५० लाख विनियोजन गरिएको छ ।
६८. मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजश्व परिचालन, वित्तिय व्यवस्थापन, वित्तिय जोखिम न्यूनिकरण र विद्युतिय सूचना प्रविधिको प्रयोगका लागि रु १५ लाख विनियोजन गरिएको छ ।
६९. उद्योग ग्रामको सम्भाव्यता अध्ययनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
७०. उच्चस्तरिय अनुगमन तथा इन्टेलिजेन्स ब्युरो परिचालनका लागि रु २५ लाख विनियोजन गरिएको छ । यस कार्यक्रम अन्तर्गत कार्य सम्पन्न गर्न ढिलासुस्ति गर्ने निर्माण कम्पनी, सेवा प्रदायक, संस्था व्यक्ति, समुह र उपभोक्तालाई भविष्यमा यस उपमहानगरपालिकामा काम गर्न अयोग्य हुनेगरि नीति, निर्देशिका वनाई लागु गर्ने कार्यक्र समेत सञ्चालन गरिनेछ ।
७१. वेराजगार युवाहरुको तथ्यांक संकलन गरी युवा स्वरोजगार कार्ययोजना वनाउन रु १० लाख विनियोजन गरिएको छ ।
७२. न्यायिक समितिको संस्थागत क्षमता विकास तथा न्याय सम्पादनका लागि सहजता ल्याउन आवश्यक व्यवस्था गर्नका लागि रु १५ लाख विनियोजन गरिएको छ ।
७३. अश्वारा भ्यु टावर, कमल पोखरी फन पार्क, सार्वजनिक पार्क निर्माणका लागि रु २५ लाख विनियोजन गरिएको छ ।
७४. तुलसीपुर उपमहानगरपालिकाको अन्तर्राष्ट्रिय सम्वन्ध विकासका लागि रु १० लाख विनियोजन गरिएको छ ।
७५. जनप्रतिनिधि, कर्मचारी, स्वयम्सेवक, सेवाप्रदायकको सेवालाई प्रभावकारी वनाउन हाँसेर काम गरौ सोधेर सेवा गरौ भन्ने संस्कृति विकासका लागि क्षमता विकास र सेवाग्राहीको सन्तुष्टि मापनका लागि रु १० लाख विनियोजन गरिएको छ ।
नगरसभा अध्यक्षज्यू, सभासद्ज्यूहरु
माथि उल्लेखित वजेट र कार्यक्रमहरुको अतिरिक्त नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान सम्वन्धि कार्यक्रम र माथि उल्लेखित कार्यक्रमहरुको विस्तृत विवरणहरु यसै साथ परिच्छेदमा संलग्न गरिएको छ । ति परिच्छेदहरुलाई आय,व्यय र योजनाको विवरणहरुलाई विनियोजन विधेयकको अंगका रुपमा समावेश गरिएको छ ।
अन्तमा यस सम्मानित नगर सभामा वजेट मन्तव्य यही पुरा गर्दै यस तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५÷७६ को सेवा र कार्यहरुलाई स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सन्दर्भमा व्यवस्था गर्न वनेको ऐन (तुलसीपुर उपमहानगरपालिकाको विनियोजन ऐन) प्रस्तुत गर्न चाहन्छु ।
धन्यवाद

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।