बर्षातको समयमा सर्वसाधारणलाई सजग रहन महासंघको आग्रह



दाङ १० असार । पत्रकार महासंघ दाङ शाखाले बर्षातको समयमा सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ । पत्रकार महासंघ दाङको घोराहीमा बसेको बैठकले यस्तो आग्रह गरेको हो । मनसुन शुरु भएसँगै जिल्लामा निर्माणाधिन पुल तथा अन्य जोखिम युक्त क्षेत्रमा सजगता अपनाउन पनि आग्रह गरेको छ । बैठकले बर्षातको समयमा पुर्व सतर्कता एवं सजगता अपनाउन पनि सबैमा ध्यानाकर्षण गराएको छ ।


साथै जिल्लामा क्रियाशिल सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई जोखिमयुक्त क्षेत्रका सुचना तत्काल सम्प्रेषण गरी विपद जोखिम न्युनिकरण , सक्रिय भुमिका निर्वाह गर्न आग्रह आग्रह गरेको छ। यही असार १५ गते वृक्षारोपण कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । कार्यक्रमका लागि शाखाका सहसचिव सर्मिला डिसी संयोजक रहने गरी कोषाध्यक्ष आरके शितल , कार्यसमिति सदस्य जनक नेपाली र सबिता चौधरीलाई जिम्मेवारी प्रदान गरेको छ ।

आचार्यले र केसीद्धारा १ लाखको अक्षकोष स्थापना
पत्रकार महासंघ दाङ शाखामा तुलसीपुर उपमहानगरपालिका ६ रजौरा निवासी बसन्त आचार्य र घोराही उपमहानगरपालिका १५ निवासी ललिता केसी एवँ विष्णु बहादुर केसीले आफन्तको नाममा अक्षस्थापना गर्नु भएको छ । आचार्य १ लाख ११ हजार १ सय ११ रुपैया बराबरको आफनो दिवगँत श्रीमती पार्वता आचार्यको स्मृतिमा स्थापना गर्नु भएको छ भने ललिता केसी एवँ विष्णु बहादुर केसीले आफनो दिवँगत सासु ससुरा÷बुवा आमा को सम्झनामा १ लाख ५५ हजार रुपैया बराबरको अक्षयकोष स्थापना गर्नुभएकोमा अक्षयकोष स्थापना गर्नु भएको हो ।

दुबै अक्षयकोष बैठकबाट अनुमोदन गरिएको थियो । बसन्त आचार्यले स्थापना गर्नुभएको अक्षयकोषको बार्षिक रुपमा प्राप्त हुने ब्याजबाट स्वास्थ्य क्षेत्रमा कलम चलाउने एक जना सञ्चारकर्मीलाई ‘पार्वता स्मृति स्वास्थ्य पत्रकारिता’ पुरस्कार तथा केसी परिवारले स्थापना गर्नुभएको अक्षयकोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट ‘अकि—टुकादेवी स्मृति पत्रकारिता ’ पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । बैठक महासंघको शटर तथा जग्गा भाडा समायोजन एवं व्यवस्थापन गर्न शाखा अध्यक्ष सबिन प्रियासनको सँयोजकत्वमा निवर्तमान केन्द्रिय सदस्य अजयदीप शर्मा ,निवर्तमान अध्यक्ष एवं सल्लाहकार सुदीप गौतम , पुर्वअध्यक्ष एवं सल्लाहकार के.एल पीडित , पुर्व अध्यक्ष प्रताप रेग्मी , पुर्व अध्यक्ष केबि मसाल ,पुर्व अध्यक्ष सुशिल गौतम र सल्लाहकार दुर्गालाल केसी सदस्य रहको ८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ । नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष सबिन प्रियाशनको अध्यक्षता सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्