सांसद खिमलाल भटराईले तत्काल उच्चस्तरीय सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न ध्यानाकर्षण गराएका छन् ।
सांसद भट्टराईले जनतालाई सुकुम्वासी राखेर समाजवादमा पुग्न नसकिने तर्क गरे । ‘सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेका जनतालाई जमिनको मालिक बनाइ उनीहरूले जोतभोग गर्दै आएको जमिनको दर्ता गरी लालपुर्जा दिनुपर्छ’, भट्टराईले भने,‘जनतालाई सुकुम्वासी राखेर हामी समाजवादमा पुग्न सक्दैनौं ।’
निर्वाचनका बेला सुकुम्वासी समस्या पूर्णरूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले समाधानका लागि यथाशिघ्र उच्च स्तरीय सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न कृषि तथा भूमि सुधार मन्त्रालयको ध्यानाकर्षण गराए ।
लुम्बिनीलाई बहुविषयक विद्यालय बनाऔं
बैठकमा भट्टराईले लुम्बिनीमा अवस्थित लुम्बिनी वौद्ध विश्व विद्यालयलाई बहुविषयक विश्व विद्यालयका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए । विद्यार्थी संख्याको अभावमा विश्व विद्यालय चल्न मुस्किल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले बौद्ध दर्शन मात्रै अध्ययन हुने विश्वविद्यालयका रूपमा संकुचन गर्दा विकास अवरूद्ध हुने तर्क गरे ।
‘भारतमा चलिरहेका अलिगढ मुस्लिम विश्वविद्यालय र बनारस हिन्दू विश्वविद्यालय विशेष हुन् तर ती पनि बहुविषयक नै छन्’, भट्टराईले भने,‘त्यसैले हामीले पनि बौद्ध विश्वविद्यालयलाई बहुविषयक बनाऔँ, यसतर्फ शिक्षा मन्त्रालयको ध्यानाकर्षण होस् ।’नयाँ पत्रिकामा समाचार छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।