रेणुले ल्याएको बजेटले महरा परे तीनछक



११ असार, चितवन
चितवनको भरतपुर महानगरपालिकाले तीन अर्ब ३४ करोड पाँच लाख ८६ हजार रूपैयाँको बजेट ल्याएको छ । आइतबारको नगरसभाले सो बजेट ल्याएको हो ।

जस अन्तर्गत चालू तर्फ १ अर्ब ७० करोड ४९ लाख, पुँजीगततर्फ १ अर्ब ६२ करोड ५६ हजार रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ ४ करोड ५० लाख, पूर्वाधार तथा सहरी विकासमा ५९ करोड, वातावरण तथा विपद् व्यवस्थापन १२ करोड, संस्थागत विकास तथा सेवा प्रवाहमा ३५ करोड ६४ लाख रुपैयाँ विनियोजन गरिएको छ

भरतपुर महानगरको गौरवको आयोजनाको रुपमा लिइएको रिङरोड र लिङक रोड यही महिनाभित्रै शिलान्यास गरी निर्माण प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भरतपुरका मूख्य तीन स्थानमा आकाशे पुल निर्माण, मूख्य चोकहरुमा अत्याधुनिक ट्राफ्रिक लाइट जडान, भरतपुर विमानस्थलको स्तरोन्नती, मेघौली विमानस्थललाई नियमित सञ्चालन, देवघाटधाममा विद्युतीय शवदाह गृह स्थापना गर्ने योजनालाई विशेष प्राथमिकतामा राखिएको छ ।

भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कुल ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । पहिलाको सिंगो कविलास गाविस रहेको हालको वडा नं २९ ले सबैभन्दा बढी एक करोड १५ लाख, वडा नम्बर १०, १५ देखि १७, २३, २५,२६, २७ र २८ ले एक करोड १० लाखका दरले र बाँकी १९ वटा वडाले एक करोड पाँच लाखका दरले रकम पाउने भएका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्