दाङ,११ असार । टिप्परबाट पीडित घोराही उपमहानगरपालिका १३ का स्थानीय र सोनापुर सिमेन्ट उद्योग बिच छलफल गएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा भएको छलफलका क्रममा पाँच महिना भित्र । होलेरी,बडहरा, तेरौटे रतनपुरहुदै सोनापुर पुग्ने सडक कालोपत्रे गर्ने सहमति भएको छलफलमा सहभागी स्थानीय घनश्याम शर्माले वताउँनुभयो । प्रमुख जिल्ला अधिकारीको पहलमा बसेको वैठकमा सोनापुर सिमेन्टका तर्फबाट हरिपाठक,रेवन्त ढकाल भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पान्डे स्थानीयका तर्फबाट टोल विकास संंस्थाका अध्यक्ष केशरा गिरी,डुल्लीराम पोखरेल, लगाएतको सहभागिता रहेको थियो ।
सयौको संख्यामा जिल्ला प्रशासन कार्यालय पुगेका स्थानीयहरुले स्थानीयका समस्या समाधान नगरे उद्योगका टिप्पर संचालन गर्न नदिने वताएका थिए । छलफलका क्रममा पाँच महिना भित्र उद्योगको तर्फबाट उक्त सडक कालोपेत्र गर्ने,बैकल्पिक मार्गका रुपमा सेवार,हुदै वाहुनडाँँडाँ जोड्ने सडक प्रयोग गर्ने , र उक्त सडक शहरी विकास मन्त्रालयका रुपमा तत्कालन सर्वेगरी प्रदेश सरकार सम्ष्म पु¥र्याउने योजना भएको शर्माले वताउँनु भयो ।अहिले पनि उद्योगले स्थानीयका समस्या पुरा नगरे कडा आन्दोलनका कार्यक्रम संचालन गर्ने वताएका छन् । सिमेन्ट उद्योगमा संचालित टिप्परका कारण स्थानीयका घरबास नै उठीबाँस लाग्ने अबस्था आएको स्थानीयले वताएका छन् सडकमा क्षमता भन्दा दोब्बर चुन ढुङ्गा बोकेर हिड्दा सडक वरपरका घर नै जोखिमा परेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।