आफ्नो उत्पादन, अर्काको मूल्य’



दिपक बोहरा, तुलसीपुर ११ असार ।
कुखुरा पालक ब्यबसायीले कुखुरा र अन्डा उत्पादन गर्छन्, तर आफुले उत्पादन गरेको कुखुरा र कुखुराको अण्डाको निर्धारण गर्ने हात अर्कैको हुन्छ । सप्लायर्स तथा फ्रेस हाउसले आफुले चाहेको न्यूनतम मुल्यमा निर्धारण गर्ने र खरिद गर्ने गरेका छन् । यसले गर्दा प्रत्यक्ष रुपमा कुखुरा पालक ब्यबसयीहरु मारमा पर्दै आएको गुनासो गरेका छन् ।‘कुखुरा हामीले पाल्छौं’ किसान सरोकार मञ्च तुलसीपुरका अध्यक्ष गेमलाल न्यौपानेले भने‘ तर सप्लार्य र फ्रेस हाउसले आफै मूल्य गर्छन्, र त्यही मुल्यमा कुखुरा खरिद गर्छन् ।’

यसले गर्दा आफुहरुले परिश्रम अनुसार आम्दानी गर्न नसकेको गुनासो गरे । ‘तुलसीपुर बाहेक अन्य ठाउमा कुखुरा पालक ब्यबसायी, फ्रेस हाउस र दाना ब्यबसायीहरुबीच सहकार्य गरि उचित मुल्य निर्धारन गरेका छन्’उनले भने‘ तर तुलसीपुरमा यसो हुन सकेको छैन् ।’ कुखुरा पालक ब्यबसायी, फ्रेस हाउस र दाना ब्यबसायीहरुबीच समिति बनाउने र त्यही समितिले मुल्य निर्धारण गरेमा कुखुरा पालक ब्यबसायीको न्याय हुने उनले बताए । तर अहिले सुनको मुल्यमा दाना किन्ने अनी चाँदीको मुल्यमा कुखुरा बेच्नु पर्ने अबस्था रहेको उनले बताए ।

एक ब्यबसायीले अर्को ब्यबसायका पेटमा लात हाने जस्तो भएको उनको गुनासो थियो ।‘ कुखुरा पालक पनि ब्यबसायी हौं, फ्रेस हाउस तथा दाना बेच्ने पनि ब्यबसायी हुनुहुन्छ’ उनले भने‘ तर अहिले फ्रेस हाउस तथा दाना बेच्ने ब्यबसायीहरुले कुखुरा पालक किसानको पेटमा लात हान्ने काम भएको छ ।’ पाँच बर्ष अघि एक हजार आठ सय रुपैँया पर्ने दाना अहिले तीन हजार रुपैँया भएको छ, तर चल्लाको मूल्य पाँच बर्ष अघि जति थियो, अहिले पनि त्यही मुल्यमा बेच्न बाध्य भएको उनको भनाई थियो ।

यसैबीच तुलसीपुरमा किसान सरोकार मञ्चको आयोजनामा किसानलाई न्याय कार्यक्रम भएको छ । मञ्च तुलसीपुुरका अध्यक्ष गेमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कुखुरा ब्यबसायीका यस्ता समस्या समाधानका लागि स्थानीय सरकारबाट पहल थाल्ने बताए ।

त्यस अबसरमा मञ्चका केन्द्रीय अध्यक्ष झनक पौडेल, पशुसेवा शाखा तुलसीपुरका प्रमुख सुदाम भट्ट, घोराही कुखुरा पालक संघका उपाध्यक्ष मोहोन आचार्य, कुखुरा पालक व्यवसाय सुस्मिता कार्कीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव हेम बहादुर वलीले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्