प्रतिनिधिसभा : कहिले मन्त्री नआउँदा त कहिले मन्त्री जाममा फस्दा बैठक स्थगित



काठमाडौं ११ असार । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत विनिजयोजन विधेयकमा छलफल जारी रहेको छ। मन्त्रालयगत विनियोजनमा जारी छलफल भने सोमबार दोस्रोपटक विभागीय मन्त्री बैठकमा अनुपस्थित भएकाले स्थगित भएको छ। यसअघि महिला बालकालिका, सामान्य प्रशासन लगायतका मन्त्रालयको विनियोजनबारे छलफलमा विभागीय मन्त्री उपस्थित नभएपछि प्रतिपक्षी कांग्रेसले विरोध गरेर बैठक झन्डै ४५ मिनेट स्थगित गरिएको थियो।

त्यसपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई फेरी यस्तो अवस्था नदोहोर्‍याउन सरकारलाई सचेत गराएका थिए। तर, सभामुखको उक्त सचेततालाई सरकारका मन्त्रीहरूले बिर्सेका छन् र फेरी मन्त्रीको उपस्थिति नभएका कारण स्थगित हुन पुगेको हो। सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंँचाई मन्त्रालय, गृह र परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटबारे छलफलको कार्यक्रम रहेको थियो।

तर, छलफलमा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित रहे। उनको अनुपस्थिति देखेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो। जसका कारण बैठक अवरुद्ध भयो।

कांग्रेसका सांसदहरूले आफ्नो सिटबाट उठेर मन्त्रीको उपस्थिति खोजेपछि बैठक अवरुद्ध भएको थियो। प्रतिपक्षी सांसदहरूलाई सभामुख महराले मन्त्री आउँदै गरेकाले बस्न अनुरोध गर्दा पनि कांग्रेसका सांसदहरूले विरोध जारी राखे।

यस विषयमा यस विषयमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नमा सभामुख कृष्णबहादुर महराले मन्त्री आउदै गरेको जानकारी गराउदै आसन ग्रहण गर्न अनुरोध गरेपनि नमानेपछि बैठक प्रभावित भएको हो। कांग्रेसका सांसदहरूसँग बहसकाबीच सभामुख महराले गृहमन्त्री ट्राफिक जाममा परेकाले उपस्थित हुन ढिलाइ भएको जानकारी गराउँदा संसदमा हाँसो फैलिएको थियो। प्रतिपक्षी दलका सांसदहरूले संसदको अपमान भएको भन्नै उठेर विरोध गरिरहेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।  thahakhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्