मिनी ट्रक पल्टिँए लगत्तै आगलागी,एकको मृत्यु, ६ घाइते



काभेपलाञ्चोक ११ असार । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका(५, ओपीमा सोमबार बिहान मिनी ट्रक पल्टिँदा एकजनाको मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी नायव उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रवीओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नम्बरको निशान मिनि ट्रक दुर्घटना हुँदा मण्डनदेउपुर नगरपालिका(४ की ४० वर्षीया ललीमाया तामाङको मृत्यु भएको हो। उनको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा गाडी चालकसहित ६ जना घाइते भएका छन्। घाइतेहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडी अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो।

आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि नगरपालिका कार्यालयबाट करिब ६र७ मिनेटको दूरीमा पनि घटना भएको एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीयबासिन्दाले आक्रोश पोखेका थिए। दमकल समयमा नपुगेपछि प्रहरी र स्थानीय बासिन्दाले गाडीमा लागेको आगो नियन्त्रणमा लिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्