अवैध यार्सागुम्बासहित तीन जना पक्राउ



काठमाडौँ, ११ असार । प्रहरीले अवैध यार्सागुम्बासहित ठमेलमा तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले कालिकोटका राज हमाल, कैलालीका नरीलाल कोइराला र जुम्लाका दानबहादुर रोकायलाई पक्राउ गरेको हो ।

आइतबार इन्सपेक्टर जितेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठमेलको ज्याठाबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुबाट एक किलो यार्सागुम्बा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाकाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्