चन्द्रवीरको घरमा पुग्यो बिजुली, हर्षले थामिएन उनको आशु (भिडियो)



सैघाली खबर, ११ असार ।
तुलसीपुर उपमहानगरपालिका ३ खमारीमा पर्दछ चन्द्रवीर ओलीको घर । जंगलको बिचमा बर्षौदेखि अन्धकारमा बस्दै आएका चन्द्रवीरको घरले यतिबेला रुप रङ्ग नै परिवर्तन गरेको छ । ११ जनाको परिवारमा ८ जनाले आँखा नदेख्ने यो परिवारमा यतिबेला खुसी छाएको छ । कारण चन्द्रवीरको घरमा विजुली पुगेको छ ।

सैघाली मिडिया गु्रपको बिशेष पहल र बिद्युत्त प्राधिकरण तुलसीपुरको बिशेष सहयोगमा बर्षौदेखिको अध्यारो चन्द्रवीरको घरमा उज्यालो पुगेको हो । सैघाली मिडिया गु्रपबाट अहिले सैघाली खबर, एस्.के अनलाईन् र सैघाली अनलाईन टि.भी. सञ्चालनमा छन् । सैघाली मिडिया गु्रपको बिशेष अभियानबाट देश तथा बिदेशमा रहेका नेपालीहरुको सहयोगबाट रकम संकलन गरिएको हो ।

यो अभियानमा कलाकार, बिदेशमा रहेका नेपाली तथा बिभिन्न सहयोगि दाताहरुले साथ दिएका थिए । घरमा रहेका तीन जना बाहेक बाँकि आठ जनाले आँखा नदेख्दाको पिडा वावु चन्द्रवीरलाई असह्य भएपनि उनि एक्लैले आफ्नो घरदेखि पक्कि सडक छुने दुई किलोमिटर बाटो खनेका थिए । बाटो खनिरहदा चन्द्रवीरलाई साथ दिने कोहि नभएपनि अहिले भने उनको परिवारमा बिस्तारै सहयोग जुट्नेक्रम जारी छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्