१७ सय कर्मचारी कारवाहीका लागि सिफारिस



काठमाडौं ११ असार । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करिब एक हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले आर्थिक वर्ष २०७४र७५ मा ८ सय १९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६ सय ६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।
उनका अनुसार कारबाहीको सिफारिसमा परेकामध्ये समय पालना नगर्ने एक हजार १ सय १९ जना र पोशाक नलगाउने ५ सय ४९ जना रहेका छन् ।
कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् ।
उपसचिवसमेत रहेका अर्यालका अनुसार सिंहदरबारका ४३ वटा कार्यालयमा गरिएको अनुगमनमा १ सय ८८ जना समय पालना नगर्ने र २ सय ८० जना पोशाक नलाउने परेका छन् ।
समय पालना नगर्ने र पोशाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गर्न निर्देशन दिइएको बताइएको छ । उनका अनुसार स्पष्टिकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारबाही गर्न सिफारिस गरिएको बताए । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्