दाङ ११ असार ।तुलसीपुर १० का किसानहरुले बिद्युत कार्यालय तुलसीपुरमा धर्ना दिएका छन् । बिद्युतमा ‘लो’ भोल्टेजको समस्या देखिएको भन्दै उक्त समस्या समाधान गर्न माग गर्दै बिद्युत कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् ।बिद्युत ‘लो’ भोल्टेजका कारण किसानहरुको ब्याड राख्ने समस्या भएपछि विद्युत कार्यालयमा धर्ना दिएका हुन ।बिद्युत ‘लो’ भोल्टेज भएमा बोरिङले पानी नतान्ने हुँदा ब्याड राख्न समस्या भएको तुलसीपुर १० का किसान धनबिर केसीले बताए । यदि किसानहरुको समस्यामाथि बिद्युत कार्यालयले आलटाल गरे तालाबन्दी गर्ने समेत तुलसीपुर १० का अर्का किसान दान बहादुर खड्काले चेतावनी दिए ।
अहिले दिउसोको समयमा दुई सय देखि ढाई सय भोल्टेज सम्म मात्रै आउने गरेको भन्दै बोरिङबाट पानी तान्न चार सय भोल्जेट बिद्युत चाहिने सोही ठाउकै अर्का किसान यमराज केसीले बताए । बिद्युत कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीले भने अबको एक दुई दिनमा पुरा भोल्टेज सहितको बिद्युत दिने प्रतिबद्धता जनाए ।
((

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।